देश विदेश

आँखामा खुर्सानीको धुलो छर्केर ४२ तोला सुन डकैती गरेको आरोपमा दुई पक्राउ

शेयर गर्नुहोस्

गृहपृष्ठ
राजनीति
समाज
विचार
किनमेल
नेपाली ब्रान्ड
कला
ब्लग
खेलकुद
साहित्यपाटी
ग्लोबल
घुमफिर
काठमाडौंमा आँखामा खुर्सानीको धुलो छर्केर सुन डकैती गरेको आरोपमा दुई पक्राउ
सेतोपाटी संवाददाता
सेतोपाटी संवाददाता
काठमाडौं, फागुन ३०
198
Shares
facebook sharing buttontwitter sharing buttonemail sharing buttonsharethis sharing button

आँखामा खुर्सानीको धुलो छर्केर सुन तथा नगद डकैती गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

डकैती गर्ने गिरोहका दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

दाङ घर भई काठमाडौं महानगरपालिका-१० शान्तिनगर बस्ने २८ वर्षीय महेश विश्वकर्मा र २४ वर्षीय राजेन्द्र सिनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले विश्वकर्मालाई फागुन २६ गते गत बिहीबार र सिनलाई शनिबार दाङ प्रहरीको सहयोगमा पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक मैनालीका अनुसार घटना गत बुधबार भएको थियो।

राति साढे ८ बजे काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित ओम शाही टञ्च सेन्टर सुन पसलका सञ्चालक भारत घर भई चाबहिल बस्ने ३४ वर्षीय अमोल भोस्लेले पसल बन्द गरी घर फर्किन लागेका थिए।

उनले ४२ तोला सुन र १२ लाख नगद पनि बोकेका थिए।

चुच्चेपाटीस्थित एक पार्किङस्थल नजिकै पुग्दा समूहमा स्कुटरमा आएका केही व्यक्तिहरूले उनको आँखामा खुर्सानीको धुलो फ्याँके।

उनलाई कुटपिट समेत गरेर सुन तथा नगद राखेको झोला लुटेर फरार भएका थिए।

सो सूचना पाएपछि महानगरीय प्रहरी वृत्त, गौशालाबाट प्रहरी अधिकृतसहितको टोली खटिएको थियो।

प्रहरीले उनीहरूले काठमाडौं छाड्न सक्ने भन्दै नाकामा समेत कडाइ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए। त्यसपछि परिसरको विशेष टोली परिचालन गरी विभिन्न विधिमार्फत् अनुसन्धान गरेको थियो।

‘डकैतीमा संलग्न व्यक्तिहरूले तीन दिनदेखि उक्त घटनास्थल नजिकैको क्याफेमा बसेर ‘रेकी’ गरेका थिए। योजना बनाएर उनीहरूले लुटेका हुन्,’ मैनालीले भने।

यसमा संलग्न अरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले विश्वकर्माबाट बा ७४ प ९५६० नम्बरको मोटरसाइकल र ६६ हजार नगद बरामद गरेको छ। सिनबाट प्रहरीले रा ४ प ११२० नम्बरको मोटरसाइकल र २३१ ग्राम पहेँलो धातु, एक लाख नगद, धारिलो हतियार, एउटा तरवार बरामद गरेको छ।

उनीबाट उच्च अदालत तुलसीपुरबाट जारी भएको तारेख पुर्जी समेत बरामद भएको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद-२० अन्तर्गत दफा २४४ को ‘डाँका गर्न नहुने’ कसुर मुद्दामा अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।