प्रवाससाइप्रस न्युज

स्वर्गीय प्रेमा र कान्छी मायाको शव आज बुद्धवार नेपाल स्वदेश पठाईयो

शेयर गर्नुहोस्

युरोप , साईप्रस , साईप्रसमा गत फेरबुरी महिनामा मृत्युभएका दुई जना महिला श्रमिकहरुको शव आज बुद्धवार स्वदेश(नेपाल) पठाईएको छ । ११ फेब्रुअरी २०२२ शुक्रबार राती मेसावरी स्ट्रोभोलसमा मृत अवस्थामा फेला परेकी सोलुखुम्बु जिल्ला गोराखानी गाउँकी कान्छि माया शेर्पाले आत्महत्या गर्नुभएको प्रहरीले बताएको थियो ।

भने फेब्रुअरी महिनाकै १५ तारिख मंगलबार लार्नाका जिल्लाको जिगी भिलेजमा रहेको समुद्रमा डुबेर मृत भएकि प्रेमा पौडेलको शवपनि सगैं पठाईएको अबैतानिक बाणिज्य दुतावास साईप्रसका प्रमुख डा. रामजिवन पन्जियारले जानकारी दिनुभयो । मृतक प्रेमा र कान्छि माया शेर्पा दुर्ब जना विगत पाच बर्ष देखि साईप्रसमा कार्यरत रहेको कन्सुलर डा. पन्जियारले बताउनुभयो । मृतक प्रेमा फेब्रुअरी १४ सोमबार दिउँसो ११ बजेबाट सम्पर्क बिहिन भएकी थिइन् ।

घटनाको भोलिपल्ट बिहान मृतक पौडेलको शब जिगी भिलेजको समुद्रमा तैरिएको अवस्थामा स्थानिय लार्नाका प्रहरीले फेला पारेको थियो । प्रहरीको प्रारम्भिक रिपोर्ट र पोष्टमार्टम रिपोर्टले समुद्रमा हाम फालेर आत्महत्या गरेको पुष्टि प्रहरीलाई उद्धृत गर्दै नेपाली राजदुतावास ईजरायलका कार्यबाहक राजदुत अर्जुन घिमिरेले जानकारी दिनुभएको छ । मृतकका दाजु ज्ञान प्रसाद पौडेलले २४ मार्च बिहान ९ बजे नेपालबाट शब बुझ्ने छन् । भने स्वर्गीय कान्छी मायाको शव उहाकी बहिनी लक्पा गेलु शेर्पाले २४ मार्च बेलुकी ७ बजेर ३५ मिनेटमा बुझनुहुने छ ।

शेयर गर्नुहोस्