साइप्रस न्युज

साइप्रसमा मास्क लगाउनु पर्ने नियम हट्यो, अरु के के नियम हट्यो?

शेयर गर्नुहोस्

समिम मियाँ
अप्रिल ८/ पारालिम्नी
कोरोना भाइरस सम्बन्धित नियमलाई खुकुलो बनाउदै साइप्रस सरकारले विभिन्न नियम हटाएको छ। बिहिबार बसेको मन्त्री परिषद् को बैठकको निर्णय सार्वजनिक गर्दै स्वास्थ्य मन्त्री मिखालिस हाड्जिपेन्तेलसले नियममा लचकता अपनाएको बताउनु भएको हो ।
निर्णय अनुसार हाल सम्म अनिवार्य रहेको मास्क लगाउनु पर्ने नियम को अन्त्य भएको छ। अप्रिल ११ तरिख सोमबार देखि बाहिरी, सार्वजनिक स्थान मा मास्क लगाउनु नपर्ने निर्णय भएको छ।
त्यस्तै, अप्रिल १८ तारिख देखि खुद्रा पसल, सपिङ मल मा सेफपास बिना नै प्रवेश गर्न पाइने छ।तर सपिङ मल भित्र रहेका रेस्टुरेन्टमा भने सेफपास अनिवार्य रहेको मन्त्रालयले जनाएको छ।
अहिले ठुलो सपिङ मल मा जान सेफपास देखाउनै पर्ने नियम छ। अप्रिल ११ बाट नै सर्वसाधारण जनतालाई प्रत्यक्ष सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा व्यवसायमा सेफपास आवश्यक नपर्ने बताइएको छ।
अब सोसल सेन्टर, इमिग्रेसन जस्ता कार्यालयमा जान सेफपास देखाउनु नपर्ने भएको छ ।
सेफपास संबंधित नियम स्वास्थ्यकर्मी, वृद्दाश्रम र मेडिकल सेन्टर का कर्मचारीलाई यथावत राखिएको छ।
प्राइभेट र सरकारी हस्पिटल मा भर्नारत बिरामी भेट्न जान ४८ घन्टा अवधी भएको र्यापिड टेस्ट रिपोर्ट देखाउनु पर्ने छ।
कोरोना सन्क्रमित बिरामीले अब संक्रमण भएको सातौ दिन मा कुनै टेस्ट बिना नै क्वारेन्टाइन बाट निस्किन मिल्ने बताइएको छ। यद्यपि पाँचौ दिन मा क्वारेन्टाइन बाट निस्किन भने नेगेटिभ पिसिआर टेस्ट रिपोर्ट अनिवार्य गरेको छ ।
सिनेमा हल मा थियटरले अब १००% दर्शक सहित आफ्नो सेवा सन्चालन गर्न पाउने छन् ।

मे २ तारिख देखि विधार्थीले ४७ वा ७ दिन अवधी भएको र्यापिड टेस्ट देखाउन पर्ने नियम लागू गरेको छ।

हाल दैनिक रुपमा दिदै आएको कोरोना सन्क्रमित, मृत्यु र अस्पताल भर्ना सम्बन्धि सुचना साप्ताहिक रुपमा मात्र प्रकाशन गरिने बताइएको छ। अप्रिल १८ बाट फ्लाइट पास पनि भर्नु नपर्ने बताइएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।