प्रवाससंघसंस्था गतिविधिसाइप्रस न्युज

दुर्घटनामा मृत्युभएका बस्नेतको शव नेपाल पठाउन आर्थिक सहयोग गर्न नेपाली कन्सुलेटद्धारा अपिल

शेयर गर्नुहोस्

साईप्रस , युरोपेलि देश साईप्रसमा गत मार्च २६ तारिखका दिन लिमासोलको भाषा गाउँ अन्तर्गत पर्ने अगस्ता वासस केल्लाकियो राजमार्गमा गति अनियन्त्रित हुन गइ फलामे रेलिङमा सवारी ठोक्किएर घटनास्थलमै मृत्यु भएका २३ बर्षिय देवजित बस्नेतको शवलाई नेपाल पठाउन अबैतनिक बाणिज्य दुतावास निकोसियाले आर्थिक सहयोग गर्न अनुरोध गरेको छ ।

आज बुधवार दुतावासका प्रमुख डा. रामजिवन पन्जियारले साईप्रस नेपाल डटकमसगं टेलीफोनमा कुराकानी गर्दै स्वर्गीय बस्नेतको परिवार अत्यन्त गरिब रहेको र शव मगाउन नसकिने जानकारी आएकोले साईप्रसमा रहेका सबै समाजिक , एवमं सघंसस्था , मनकारी नेपालीहरुले कनसुलर मार्फत सहयोग गर्न अनुरोध गर्नुभएको हो ।

डा. पन्जियारले शव नेपाल पठाउन करिब तिन हजार युरो खर्च हुनेभएकाले सबै नेपालीहरुले विगतका झै दुखमा परेको परिवारलाई सहयोग गर्न अपिल गर्नुभएको हो । कन्सुलर डा. पन्जियारले सहयोग गर्दा ग्रुप वा ब्यक्तीगत जस्तो भएपनि सिधै कन्सुलर अपिसमा आएर हस्तान्तरण गर्न वा एनआरएनए सगं समन्वय गरि आ आफनो सघंसस्थाका प्रतिनिधि मार्फत सहयोग गर्न सबैलाई आग्रह गर्नु भयो ।

मृतक बस्नेत स्थायि घर (पासपोर्ट) सुनसरी भएको उल्लेख छ । मृतकको पुलिस रिपोर्ट , स्वस्थ्य रिपोर्ट सबै प्राप्त भईसकेको र शवलाई शवदह गृहमा राखिएको छ । मृतक करिब तिन बर्ष अगाडी साईप्रसको सिटि युनीटि कलेजमा विद्यार्थी भिषामा अध्ययनको सिलसिलामा आउनुभएको थियो ।

यसैविच आजै गैरआवासीय नेपाली सघं साईप्रसका अध्यक्ष कुन्दन कार्कीले पनि मृतक बस्नेतको शव नेपाल पठाउनका लागि सबै नेपाली सुमुदायहरुलाई मिलेर सहयोग गर्न आग्रह गर्नु भएको छ । अध्यक्ष कार्कीले साईप्रस नेपाल डटकमसगं कुराकानी गर्दै एनआरएनए साईप्रसले नेपाल सरकारसगं आफुहरु कुराकानी भएपनि आशा अत्यन्त न्युन भएको कारणले आफुहरु समेत साईप्रसमा रहेका सबै सघंसस्थाहरु, समाजसेबी , मनकारीहरु लगाएतहरुसगं समन्वय गरिरहेको जानकारी दिनुभयो । उहाले मृतकका साथी भाईहरु शव हेर्नुपरेमा एनआरएनएसगं समन्वय गरेर जान सकिने बताए ।

 

शेयर गर्नुहोस्