देश विदेश

नेपालमा थप घटयो विदेशी मुद्रा

शेयर गर्नुहोस्

काठमाडौ , केही महिना यता सार्क मुलुकको सदस्य देश श्रीलकांमा आर्थिक स्थीति जटिल बनेपछि त्यहाका जनताहरुले विभिन्न पार्टीका नेता तथा उच्च तहका निबर्तमान प्रधानमन्त्रि देखि लिएर मन्त्रिसम्मको घरमा अक्रमण गरिरहेको बेलामा नेपालमा भने थप विदेशी मुद्रा घटेको छ । नेपालमा दिनहु डलर कम हुदै गएपछि समान्य खानेकुराहरु देखि लिएर कपडा लत्ता समेतको मुल्य अकासिएको छ । जनताहरु दिनहु आफनो दैनिक कारोबार , गरिबहरुले दिहाडी गरेको कामबाट एक दिन खाना खान समेत मुस्किल हुदैको स्थिति छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि चैत महिनासम्मको वित्तीय प्रतिवेदनअनुसार चैत मसान्तसम्म ११ खर्ब ६७ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति छ । फागुनसम्म यस्तो सञ्चिति ११ खर्ब ७१ अर्ब थियो । २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति ९ महिनामा १६.५ प्रतिशतले घटिसकेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा चैत मसान्तमा १८.२ प्रतिशतले घटेर ९ अर्ब ६१ करोड डलर कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १० खर्ब २१ अर्ब छ भने बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ४६ अर्ब बराबर छ । विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

शेयर गर्नुहोस्