संघसंस्था गतिविधिसाइप्रस न्युज

साईप्रसमा बुद्धज्यन्ति मनाईदै

शेयर गर्नुहोस्

युरोप , साईप्रस । युरोपियन देश साईप्रसको विभिन्न सहरहरुमा महामानव गौतम बुद्धको जन्मज्यन्ति विभिन्न सघंसस्थाहरुले मनाउने भएका छन । विश्व शान्तिका अग्रदुत भनेर चिनिने महामानव गौतम बुद्धको २५६६ औ जन्मज्यन्ति आउदो २२ मे २०२२ का दिन नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति साइप्रसले निकोसियामा मनाउने भएको छ । नेपाल तामाङ घेदुङकी कार्यबाहक महासचिव निर्मला थिङ तामाङले जारी गर्नुभएको सुचनामा २५६६ औं बुद्ध जयन्तीको शुभ अवसरमा शान्ति पूजा कार्यक्रम यही मिति २०२२ मे २२ तारिख आइतबारका दिन मनाउनेउल्लेख गर्नुभएको छ ।

यस्तै शेर्पा किदुक साईप्रसले निकोसियाको बौद्ध गुम्बामा १५ मे २०२२ अईतवारका दिन विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि भगवान गौतम बुद्वको पुजापाठ गरि विश्वभर शान्ति को कामना सहित बुद्व जयन्ति मनाउने भएको छ । किदुककी अध्यक्ष निमदिकी शेर्पाका अनुसार सबै नेपाली एवमं मानव जातिहरुमा बुद्धज्यन्तिको अवसरमा शुभकामना सहित उपस्थितिका लागि अनुरोध गर्नुभएको र सस्थाका लागि नया सदस्यतासमेत खुलाईएको सस्थाको फेसबुक पेजमा उल्लेख गर्नुभएको छ ।

गत बर्ष शेर्पा किदुकले आयोजना गरेको पुजामा सहभागिहरु

शेयर गर्नुहोस्