संघसंस्था गतिविधिसाइप्रस न्युज

साईप्रसमा किराँती पर्व ,येलेदोङ्ग ५०८२ को उभौली साकेला २२ मेको दिन मनाउने

शेयर गर्नुहोस्

निकोसिया । युरोपियन देश साईप्रसमा किराती समुदायहरुले किराँती पर्व ,येलेदोङ्ग ५०८२ को उभौली साकेला २२ मे आईतवारका दिन मनाउने भएका छन । किरात राई यायोक्खा साइप्रसका अनुसार धेरै बर्ष पछि आयोजना गर्न लागिएको यस कार्यक्रममा सबै नेपाली समुदायहरुलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।

यायोक्खा साईप्रसकी सचिव गोमा राईका अनुसार देश पर्देश जहाँ रहेपनी परापुर्व कालदेखी चलिआएको आफ्नो सस्कृतिको जगेर्ना गर्ने हाम्रो विशेष मनशाय हो तसर्थ गर्नुपर्ने सम्पुर्ण कानुनी प्रक्रिया पूरा गर्दै अहिलेको परिस्थितिलाई पनि मध्य नजर गरेर अत्यन्त सालिन तवरले कार्यक्रम सु(सम्पन्न गर्ने आफुहरुको योजना रहेको बताउनु भयो ।

सकेला सिर्फ किरातीको मात्रै नभई सारा नेपाली समदायहरुको भएकोले उपस्थीतिका लागि सबै साईप्रसबासी नेपाली समुदायहरुलाई अनुरोध गर्नु भएको छ । सचिव राईका अनुसार कार्यक्रम लिमासोलको मोलोस पार्कमा विहान नौ बजे देखि गरिने जानकारी दिनुभयो ।

शेयर गर्नुहोस्