संघसंस्था गतिविधिसाइप्रस न्युज

तमु समाज साईप्रसद्धारा शान्ति लिमासोलमा शान्ति पुजा कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस्

लिमासोल , युरोप महामानव गौतम बुद्धको २५६६ औ जन्मज्यन्तिको अवसरमा तमु समाज साईप्रस शान्ति द्धिप प्रज्जवल कार्यक्रम लिमासोलमा सम्पन्न गरेको छ । समाजकी अध्यक्ष ल्हमु नानु तमुको अध्यक्षता तथा गैरआवासीय नेपाली सघं साईप्रसका अध्यक्ष कुन्दन कार्कीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा भगवान गौतम बुद्धको फोटो राखेर पुजा गर्नुका साथै सबै सहभागिहरुले क्यन्डल बालेर शान्तिको कामना गरेका थिए । महामानव गौतम बुद्ध सारा संसारलाई सहि मार्ग निर्देश गर्नुभएको र उहाले दिनुभएको ज्ञानलाई सारा मानव जगतहरुले अवलम्बन गरे विश्वमै शान्ति छाउने सहभागिहरुले बताएका थिए । कार्यक्रममा राष्टिय जन्मुक्ति पार्टी प्रवास कमिटि साईप्रसकी अध्यक्ष गुडिया तमु , संस्थाका सबै सल्लाहकार , सदस्य , पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस्