प्रवाससाइप्रस न्युज

नेपाल पत्रकार महासघं युरोप शाखाद्धारा अन्तरक्रिया कार्यक्रम

शेयर गर्नुहोस्

युरोप , सारा नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासघं युरोप शाखाले प्रत्यक्ष कोभिड प्रचाप्त पहिलो पटक प्रत्यक्ष रुपमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

शाखाका कार्यबाहक अध्यक्ष केजिन राईको अध्यक्षतामा नेपालबाट केन्द्रिय सदस्यहरु त्रिभुवन पौडेल , केसि लामिछाने ,रमेश खतिवडा र सुनिल खडकासगंको प्रत्यक्ष सहभगीतामा कार्यक्रम भएको हो । महासघं युरोप शाखाको निमान्त्रणामा आएका केन्द्रिय पदाधिकारीहरुसगं युरोपका विभिन्न देशमा रहेका नेपाली पत्रकारहरुले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने र नेपाली पत्रकारहरुको अवस्थाका बारेमा केन्द्रलाई जानकारी दिईने शाखाका महासचिव द्रोण रिजालले जानकारी दिनुभयो ।

पत्रकार महासघंको केन्द्रिय टोलीले युरोपमा रहेका विभिन्न नेपाली कुटनितिक नियोक , सरोकारवाला ,समाजिक सघंसस्थाहरुसगं पनि छलफल गर्ने र नेपाली पत्रकारहरुलाई स्थापित गराउन महात्वपुर्ण भुमिका खेल्ने महासंघ युरोप शाखाले विश्वास लिएको छ ।

शेयर गर्नुहोस्