संघसंस्था गतिविधिसाइप्रस न्युज

किरात याक्थुङ चुम्लुङ साइप्रसको अध्यक्षमा चुमन्ता तुम्बापो लिम्बु र्निविरोध

शेयर गर्नुहोस्

पाफोस , साईप्रस , युरोपियन देश साईप्रसमा रहेका सारा लिम्बु जातिहरुको साझा संगठन किरात याक्थुङ चुम्लुङ साइप्रसको अध्यक्षमा चुमन्ता तुम्बापो लिम्बु र्निविरोध चयन हुनुभएको छ ।

आज पाफोसमा भएको कि.या.चु.को चौथो साधारण सभा तथा पहिलो अधिवेशनले उपाध्यक्ष कल्पना लिङ्देन अबी उपाध्यक्ष मिना कुमारी लिम्बू , सचिव रेश्मा लिम्बू ,सहसचिव अम्बिका सुहाङ्ए(लिया) ,कोषाध्यक्ष बवि लिम्बू ,सहकोषाध्यक्ष शान्ति आङ्देम्बे रहनुभएको छ भने सदस्यहरुमा मिजिरा सम्बाहाम्फ , सन्तोष कन्दङ्वा , सानु नाल्बो, पुष्पा लावती, रेश्मि लिम्बू, रामना ताम्मादेन लिम्बू, रन्जु आङ्देम्बे, मिलन लिम्बू र सन्देश मादेनलाई चयन गरेको हो ।

त्यस्तै याक्थुङ चुम्लुङ साइप्रसले प्रमुख सल्लाहकारमा धिरज लिम्बू , सल्लाहकारअमिसा योक्पाङ्देन र सपना पोमो रहनुभएको नवनिर्वाचित सचिव रेश्मा लिम्बुले जानकारी दिनुभयो । चौथो साधारण सभा तथा पहिलो अधिवेशनको निर्वाचन प्रमुख समाजसेबी धतानन्द पाण्डेले नया कार्यसमितिका पदाधिकारीहरुलाई सपथ तथा गोपनियता गराउनुभएको थियो ।

शेयर गर्नुहोस्