प्रवाससंघसंस्था गतिविधिसाइप्रस न्युज

प्रवासी नेपाली मन्च साईप्रसको अध्यक्षमा नेपाली सर्बसम्मत

शेयर गर्नुहोस्

युरोप , साईप्रस । नेकपा एमाले निकट प्रवासी नेपाली मन्च साईप्रसको प्रथम अधिवेशनले श्यामलाल नेपालीको नेतृत्वमा १४ सदस्यीय नया नेतृत्व चयन गरेको छ । नेकपा एमालेका स्थाई कमिटि सदस्य तथा विदेश विभाग प्रमुख डा राजन भट्टराईको प्रमुख अतिथ्यतामा अनलाईनबाट भएको युरोप स्तरिय सामुहिक राष्टिय अधिवेशन , घोषणा तथा सपथ कार्यक्रमबाट अध्यक्षमा नेपालीलाई सर्बसम्मतले चयन गरिएको थियो ।

त्यस्तै उपाध्यक्षमा मन बहादुर सरु , सचिवमा निरु गोले , उप सचिवमा सुबोध नायक र स्मृति राई रहनुभएको छ भने सदस्यहरुमा रेशमा लामा , सिता सनवानी , कल्पना जुग्जाली , मन्जु गिरि , मनोज पन्त , चन्द्रकला कार्की , चित्रदास बैरागी , सुनिता पौडेल , विना वाईबा , दावा ग्याल्जे , दिल माया तमागं , कल्पना सुनुवार , पेमु तमागं र अस्मिता नेपाली लगाएत रहनुभएको छ । त्यसैगरि मन्चको प्रमुख सल्लाहकारमा साईप्रसमा लामो समय देखि समाजसेवा गर्दै आउनुभएका धतानन्द पाण्डेलाई सर्बसम्मत रुपले चयन गरिएको नवनिर्वाचित अध्यक्ष श्यामलाल नेपालीले जानकारी दिनुभयो ।

हिजो आईतवार भएको अनलाईन कार्यक्रममा प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटि सांस्कृतिक विभाग प्रमुख हेमशेर्पाको अध्यक्षता तथा युरोप कमिटिका अध्यक्ष गोविन्द पौडेलको संचालनमा साईप्रस लगाएत युरोपियन देश पोल्यण्ड , पोर्तुगल , अष्ट्रिया , स्वीडेन , र स्वीजरल्यण्डको पनि राष्टिय अधिवेशनहरु सम्पन्न भएका छन । प्रवासी नेपाली मन्च साईप्रसका निवर्तमान अध्यक्ष लोकराज रोकामगरले नया आएको टिमले साईप्रसमा रहेका नेपालीहरुको समस्या , राम्रा कुराहरु , सबै संघसस्थाहरुसगं समन्वयात्मक भुमिका खेल्नेमा आफु ढुक्क रहेको बताए ।

शेयर गर्नुहोस्