प्रवाससंघसंस्था गतिविधिसाइप्रस न्युज

नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा पुष्पा सर्बसम्मत चयन

शेयर गर्नुहोस्

निकोसिया ,युरोप , युरोपियन देश साईप्रसमा लोकतन्त्रमा विश्वास गर्नेहरुको साझा संगठन नेपाली जनसम्पर्क समिति साईप्रसको सभापतिमा पुष्पा मिश्र सर्बसम्मत रुपमा चयन हुनुभएको छ । जससको आज आईतवार भर्चुवल एवमं भौतिक रुपमा भएको दोस्रो अधिवेशसनबाट उपसभापतिमा कर्चुगं लामा र पेम्ब ओमु लामा , महामन्त्रिमा लक्ष्मी काफ्ले , सह महामन्त्रिमा रामसुन्दर यादव , मनिषा कार्की , उर्मिला भट्टराई ठकुरी र लक्ष्मीता गुरुगं रहनुभएको छ भने सदस्यहरुमा सिमाना लिम्बु , प्रविन किसोर धामी , अभय अर्चाय , पदम ब. रेग्मी , अम्बिका सिग्देल , कृष्ण प्रसाद अधिकारी लगाएत सर्बसम्मत रुपले चयन हुनुभएको हो ।

त्यस्तै नेपाली काग्रेंसको १५ औ केन्द्रिय महाधिवेसन प्रतिनिधीका लागि निवर्तमान सभापति सिता अर्याल , पुष्पा मिश्र , सरस्वती भुषाल , निवर्तमान महामन्त्रि कुमार सिहं र भुवन सापकोटालाई गरिएको छ भने महासमिति सदस्यका लागि नवनिर्वाचित सभापति पुष्पा मिश्र , निवर्तमान सभापति सिता अर्याल र निर्तमान महामन्त्रि कुमार सिहंलाई पठाउने भएको छ ।

साईप्रसको राजधानी निकोसियाको आर.वि. प्यलेस लिद्रामा भौतिक रुपमा उपस्थित एवमं नेपाल सरकारका प्रधानमन्त्रि एवमं नेपाली काग्रेंसका सभापति शेर बहादुर देउवाले भर्चुवाल मार्फत अधिवेशनलाई उदघाटन गर्नुभएको थियो । जससकी सभापति सिता अर्यालको सभापतित्वमा भएको उदघाटन सत्रको कार्यक्रममा ने.का.का महामन्त्रि गगन कुमार थापाले नेपालमा अगामी मसिंरम हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि सबै लोकतन्त्रमा विश्वास गर्ने नेपालीहरु एवमं जन सम्पर्क समितिहरु देश बनाउनका लागि नेपाली काग्रेंसलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

महामन्त्रि कुमार सिहंको संचालनमा भएको कार्यक्रममा साईप्रस एवमं ईजरायलका लागि नेपाली राजदुत कान्ता रिजाल , सहमहामन्त्रि महालक्ष्मी उपाध्याय डिना , लुम्बीनी प्रदेशका महामन्त्रि विक्रम खनाल , धादिगंका सभापति रामनाथ अधिकारी ,जसस बहराईनका सभापति पदम सुन्दर गुरुगं , नेजसस स्पेनका पुर्ब सभापति एवमं एनआरएनए स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा , नेजसस बेल्जीयमका सभापति पुर्ण तिमिल्सीना लगाएतले उदघाटन सत्रमा आ आफनो धारणा राख्दै शुभकामना दिनुभएको थियो ।

अधिवेशनका लागि नेपाली काग्रेंसको केन्द्रिय कार्यलयले नरेन्द्र भाटलाई जिम्मेवारी दिएको थियो । त्यस्तै कार्यक्रममा साईप्रसबाट प्रवासी नेपाली मन्चका अध्यक्ष श्याम लाल नेपाली , एनआरएनए साईप्रसका अध्यक्ष कुन्दन कार्की , महासचिव राधा पोख्रेल , प्रवासी नेपाली मन्चका सल्लाहकार धतानन्द पाण्डे लगाएत सघंसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस्