प्रवाससंघसंस्था गतिविधिसाइप्रस न्युज

युरोपका लेखक – पत्रकारले सम्झिए प्रदिप गिरीलाई

शेयर गर्नुहोस्

इन्दिरा चाम्लिंग ब्रसेल्स , नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको निधन भएसँगै नेपाली राजनीतिले एक बौद्धिक राजनीतिज्ञ गुमाएको छ। सामाजिक सञ्जालमा गिरिको निधनप्रति नेपाली कांग्रेसका नेता/कार्यकर्ताले मात्र होइन राजनीतिमा रूचि नभएका सामाजिक क्षेत्रका व्याक्तित्वहरुले पनि श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। यसै सन्दर्भमा युरोपमा रहेका केही प्रगतिशील लेखक तथा पत्रकारहरुको आयोजनामा एक श्रदान्जली कार्यक्रम सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ युरोप शाखाको आयोजनामा गिरीको जिवनी लाई लिएर चर्चा गरिएको हो। कार्यक्रममा बोल्दै पत्रकार तथा लेखक पंचम अधिकारीले गिरी राजनीतिज्ञ मात्र नभई एक लेखक, चिन्तक र एक दार्शनिक भएको बताए। गिरिले नारी, लेनिनको जीवनी, मार्क्सवाद, अर्थशास्त्रलगायत किताब लेखेका कारण उनि नेता नात्र नभई एक चिन्तक पनि रहेको बताए। गिरी सरल, मिलनसार, गान्धीका अनुयायी गिरी मार्क्सवादका ज्ञाता, कांग्रेस–कम्युनिस्टको साझा मार्गदर्शक, रामायण, महाभारत, वेद, पुराण, उपनिषद्, र श्रीमद्भागवत गीताको समेत राम्रो जानकार भएको उनको भनाई थियो।

बेल्जियममा क्रियाशील वामपन्थी वुद्दिजिवी बोधराज पौडेलले गिरी नेपाली कांग्रेसको नेता र संसद भएपनि उनि नेपाली जनताले नै रुचाएको एक साझा चिन्तक रहेको बताए। उहां राजनिती गर्नेहरुका निम्ती मार्गदर्शक बन्नुभयो। उहाँले उच्च नैतिकता, आदर्श, निष्ठा तथा राजनीति गर्नुभयो,’ उनले भने। त्यसैगरी जनजाती नेता तथा बुद्दिजिवी मनिस गुरुगंले गिरीको जिवन शैली अनुसरण गर्न लायक भएको बताए। गिरीले जनजाती, दलित र उत्पिडित वर्गको लागी कलम चलाएको उनको बुझाई थियो। एनआरएन बेल्जियम कोषाअध्यक्ष पुष्प नेपालले गिरी कांग्रेसको राजनितीमा एउटा सक्षम र सरल व्यायाक्ती भएको बताए।

नेपाल प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा स्तम्भकार दिल निशानी मगरले गिरी नेता मात्रै नभई लेखक र पत्रकार समेत रहेको बताए। “ २०२८ सालमा बनारसबाट ‘अक्षर’ द्वैमासिक साहित्यक मासिक पत्रिका, २०३७/३८ सालतिर प्रकाशित ‘समता’ पत्रिका, अंकुर लगायतका पत्रिकामा स्व. गिरीको प्रतक्ष संलगनता थियो।” उनले भने। माओवादी नेता जित लामाले गिरी माक्सवाद लेनिनवादको व्याख्या–विश्लेषण गर्न सक्ने व्याक्ती भएकाले ईन्टरनेटको जमना नहुदा गिरीको भाषण सुन्न आफू कैयौ समय पर्खिएको संमरण गरे।

युरोपमा रहेका दर्जनौ लेखक पत्रकारहरुले जुम मार्फत सोही कार्यक्रममा सहभागिता जनाएता थिए। लोहियाको सप्तक्रान्ति र रामायण तथा महाभारतका द्रौपदी आदि सजीव महिला पात्रलाई आदर्शका रूपमा उनको प्रस्तुतिलाई नेपाली प्रसङ्गमा अनवरत रूपमा राष्ट्रिय अन्तराष्ट्रिय मिडीयामा लेखिरहे गिरी एक युगमा एक पटक जन्मिने उनिहरुको भनाई थियो।

कार्यक्रमका अध्यक्षता ग्रहण गरेका नेपाल पत्रकार महासंघ युरोप शाखाका कार्यबाहक अध्यक्ष केजिन राईले आफु संसदीय पत्रकारिता गर्दा गिरीलाई नजिकबाट चिनेको र उनले बोलेका सबै कुराहरु झलझली सम्झिएको बताए। “ गिरी बोल्ने समयमा अजानक शान्त वातारवरण छाउथ्यो। उहा बेल्दा नेता हैन की कुनै दार्शनिक बोलेको अनुभुती हुन्थ्यो। निमोनियाले र क्यान्सरका कारण पिडित बनेका गिरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला शनिबार राति साढे ९ बजे निधन भएको हो। उनले आफ्नो उपचारमा सरकारको एक पैसा पनि खर्च लिएका थिएनन्।

शेयर गर्नुहोस्