साइप्रस न्युज

निकोसियामा स्विमिङ पुलमा डुबेर नेपाली युवतीको मृत्यु

शेयर गर्नुहोस्

१७ सेप्टेम्बर २०२२/ निकोसिया
साइप्रसमा एक नेपालीको पानी मा डुबेर मृत्यु भएको छ। बिहिबार राती स्विमिङ पुल मा डुबेर मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ।
साेलुखुम्बु जिल्ला टाप्टिङ घर भएकि २९ वर्षिया निम्टि शेर्पाको मृत्यु भएको हो। मृतक शेर्पा घरेलु कामदारको रुपमा कालिका ह्युमान रिसोर्स मार्फत करिब एक वर्ष अघि साइप्रस आइपुगेकी थिइन्।
आफ्नै रोजगारदाताको घरमा रहेको स्विमिङ पुलमा लास फेला परेको बताइएको छ।
घटना के कसरी घट्यो भन्ने बारे अहिले सम्म कुनै जानकारी प्राप्त भएको छैन।
घटनाको बेलुकी पख सम्म उनी आफन्त को सम्पर्क मा रहेको बुझिएको छ।
शेर्पा समुदायको सामाजिक संस्था शेर्पा किदुग साइप्रसले घटनाको जानकारी दिदै मृतक प्रती समवेदना व्यक्त गरेको छ।
पौडिन नजान्ने शेर्पा कसरी स्विमिङ पुल मा पुगिन? सामाजिक सन्जालमा यस घटनाको अनुसन्धान गरि सत्यतथ्य आउनु पर्ने साइप्रसबासी नेपालीले बताइ रहेका छन् ।
प्रहरी रिपोर्ट र पोस्ट मार्टम रिपोर्ट अझै आइ सकेको छैन।
यो पनि पढ्नु होस् । काम लाग्न सक्छ

महत्वपूर्ण जानकारी : क्लिक गरि हेर्नुहोला

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।