देश विदेश

श्रम मन्त्री कुँवरलाई फोन: भिजिट भिसामा फसेको देखि युरोपको रोजगारीको नाममा ठगिएकोसम्म

शेयर गर्नुहोस्

साप्ताहिक रुपमा श्रमिकका गुनासो प्रत्यक्ष सुन्ने र त्यसको सम्वोधन सुरु गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आइतवार पनि वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकको गुनासो प्रत्यक्ष रुपमा सुनेका छन् । मन्त्रालयले सञ्चालन गरेको श्रमिकसँग श्रम मन्त्री कार्यक्रमलाई अन्तरर्गत भदौ २६ गते पनि उनले श्रमिकका गुनासा प्रत्यक्ष रुपमा सुने ।

कार्यक्रममा श्रमिकले मन्त्री कुँवरसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाएर समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासोहरु राखेका थिए । पछिल्लो समय धेरेले विदेश जाँदा ठगिएको गुनासोहरु राख्ने गरेका छन् ।

मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोलाई मन्त्रालयले सहजिकरण गर्ने बताए । साथै उनले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यारो भइरहेको समेत बताए ।

उनले म्यानपावरले श्रमिकबाट विदेश पठाउछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कारवाही गर्न समस्या भएको बताए । मन्त्री कुँवरले श्रमिकलाई म्यानवरले पैसा मागेपछि प्रमाण राखेर मात्रै पैसा दिन आग्रह गरेका थिए ।

यो कार्यक्रम सुरु भएपछि मन्त्री कुँवरले अहिलेसम्म तीन हप्ता श्रमिकका गुनासो सुनेका छन् । अहिलेसम्म २९ जना श्रमिकले नेपाल र विदेशबाट प्रत्यक्ष रुपमा मन्त्री कुँवरसँग आफ्ना गुनासाहरु राखेको मन्त्री कुँवरको सचिवालयले जनाएको छ । श्रमिकका गुनासोलाई मन्त्री कुँवरले तत्काल सम्बोधन गर्ने खालका भए तत्कालै र समय लाग्ने गुनासोहरु वैदेशक रोजगार विभाग र बोर्डमा समाधानका लागि पहल गर्न अनुरोध गर्ने गरेको जनाइएको छ ।

श्रमिकसँग श्रम मन्त्री कार्यक्रमम हरेक हप्ताको आइतबार विहान ११ बजेदेखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा संञ्चालन भइरहेको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2022/09/13697/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।