देश विदेश

सरकारले झिकायो साउदी बाट अचेत रहेकी बाटुलीलाई

शेयर गर्नुहोस्

आठ बर्ष अगाडी ‘एक घरको माथिल्लो तल्लाको भर्याङ्बाट खसेर’ गम्भिर घाइते भएकी रुपन्देहीकी बाटुली सुनारलाई साउदी अरवबाट नेपाल पठाइएको छ । रोजगारीका लागि साउदी अरव पुगेको ६ महिनामा नै लडेर घाइते भएकी उनी अचेत अवस्थामा स्थानीय एक अस्पतालमा उपचाररत थिइन् । अचेत अवस्थामा नै उनलाई नेपाल फर्काइएको हो ।

साउदीस्थित नेपाली दूतावासका अनुसार बाटुली सन् २०१४ मा घरेलु श्रमिकको भिसामा कुवेत गएकी थिएन् । उनलाई गैरकानूनी रुपमा कुवेतबाट साउदी अरवमा लगिएको थियो । काम गर्नेृ क्रममा भर्याङबाट चिप्लिएर तल खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको रोजगारदाताको भनाई छ । बर्षौदेखि अचेत अवस्थामा रहेकी उनलाई नेपाल फर्काउन अस्पतालले दूतावासलाई दवाव दिंदै आएको थियो । यसरी कोमामा पुगेका विरामीलाई स्वदेश पठाउन रोजगारदाता तथा अस्पतालहरुले गन्तव्य मुलुकस्थित नेपाली दूतावासलाई चर्को दवाव दिने गरेका छन् ।

तर दूतावासले जति प्रयत्न गर्दा पनि अचेत अवस्थामा रहेकी बाटुलीलाई परिवारले स्यहार गर्न असमर्थता जनाउँदै नेपाल फर्कौउन मानेको थिएन । अस्पतालको ताकेताका कारण दूतावासले पनि परिवारलाई बारम्वार गरेको अनुरोधमा बाटुलीको परिवार उनलाई नेपाल फर्काउन राजि भएको हो ।

उनलाई नेपाल फर्काउने खर्च वैदेशिक रोजगार बोर्डले व्यहोरेको छ । उनलाई नेपाल एयरलाइन्सको जहाज मार्फत नेपाल ल्याउन नर्स सहितको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको छ । उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : देश परदेश ( https://deshparadesh.com/2022/09/13699/ )

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।