मनोरंजनसाइप्रस न्युज

बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ साईप्रसमा एकैसाथ दुई ठुला सहरहरुमा प्रदर्शन हुँदै

शेयर गर्नुहोस्

युरोप , साईप्रस , विश्वभर नेपालीहरु बसोबास गरिहेका देश देखि स्वदेश सम्म बहुचर्चित प्रेम गित ३ युरोपियन देश साईप्रसको दुई ठुला सहरहरुमा यही आउदो आईतवार प्रदर्शन हुने भएको छ । एस.एम. इन्टरटैनमेन्ट तथा रोहन पौडेलको संयुक्त पहलमा साईप्रसको लिमासोल र निकोसिया सहरमा २५ सेप्टेम्बर आईतवारका दिन प्रर्दशनी हुुने भएको हो ।

एस.एम.का कार्यकारी निर्दशक सुबास मल्लका अनुसार आईतवार साईप्रस देशमा एकै साथ दुई पर्दामा नेपाली चलचित्र प्रेमगित ३ प्रर्दशन गरिने र त्यसका लागि लिमासोल र निकोसियामा हलहरु बुक भैसकेको जानकारी दिनुभयो । निर्देशक मल्लले विदेशी भुमीमा पनि नेपाली दाजुभाई एवमं दिदी बहिनीहरु, साथीहरुमा स्वदेशझै सम्झीने खालको नेपाली चलचित्र ल्याएर महिनौको दुख , पिडालाई भुलाउका खातिर , नेपाली पनलाई अझै मजबुतीका साथ अगाडी लैजाने , नेपालीहरुमा एकता कायम होस भनेर सबैलाई फिल्म हेर्न अनुरोध समेत गर्नुभएको छ ।

आज बुधवार निर्देशक मल्लले साईप्रस नेपाल डटकमसगं टेलिफोनमा कुराकानी गर्दै विगतको चलचित्रहरुलाई माया गरेझै यसपाली विश्वमै सबै भन्दा बढि तहल्का मच्चाईरहेको प्रेम गित हेर्न आफुहरु साईप्रसको दुई ठुला सहरहरुको सिनेमा हलहरु प्रर्दशन गरिरहेको बताउनु भयो ।

प्रेमगित ३ पहिला नेपाली भाषामै आफुहरु प्रर्दशनी गर्ने र पछि हिन्दी संस्कारणमा पनि ल्याउने मल्लको भनाई थियो । प्रेमगित ३ का लागि मिडिया पार्टनर साईप्रसकै चर्चित न्युजपोर्टल साईप्रस नेपाल डटकम र प्रवास बुलेटीन रहेका छन ।

बलिउड हंगामा डटकमका अनुसार भारतमा मात्र ५०० पर्दाबाट फिल्म रिलिज हुनेछ भने नेपालमा लगभग १५० भन्दा बढि पर्दाहरुमा प्रर्दशन हुने भएको छ । युरोपको साईप्रस , फ्रान्स ,यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया लगायतका मुलुकमा पनि फिल्म एकसाथ रिलिज हुनेछ ।

विश्वभर ओपनिङ कलेक्सन साढे ५ करोड भारु ग्रस हुने जनाइएको छ । ‘प्रेमगीत’को निर्माण लागत पनि ११ करोड भारु रहेको उल्लेख छ । यतिबेला भारतमा एड्भान्स बुकिङ राम्रो रहेको मुम्बईबाट निर्देशन सन्तोष सेनले जानकारी दिए ।

यो पनि पढ्नुहोस् :

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।