देश विदेश

साउदी अरबको मदिनामा भेटियो सुनको भण्डार

शेयर गर्नुहोस्

असोज ७, काठमाडौँ | साउदी अरबले मदिना शहरमा सुन र तामाको ठूलो भण्डार भेटिएको घोषणा गरेको छ । साउदी अरबले बिहिबार मदिनामा सुन र तामाको अयस्क साइटहरु पत्ता लागेको घोषणा गरेको छ । साउदी अरबको भूगर्भ सर्वेक्षण विभागले एक सोसल मिडिया पोस्टमा सुनको अयस्क मदिना क्षेत्रमा अबा अल–राहाको सीमाभित्र पत्ता लागेको बताएको छ । यस्तै, विभागका अनुसार मदिना शहरको अबा अल रहा इलाकामा माटोमा दबेको सुन भेटिएको छ जबकी अल मदिक र वादी अल फारा इलाकाको चार स्थानमा तामाको भण्डार भेटिएको छ ।

अल अरबियाको रिपोर्ट अनुसार यो भण्डारबारे पत्ता लागेपछि देशमा लगानी बढ्नेछ जसलाई देशको विकासमा प्रयोग गरिनेछ । अधिकारीका अनुसार यसबारे पत्ता लागेपछि देशमा ५३ करोड डलरको लगानी आउनसक्छ साथै ४ हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना हुनसक्छ ।

साउदी युवराज मोहम्मद बिन सलमानको २०३० को भिजनमा तेल–ग्यासबाहेक खानीतिर पनि जोड दिइने समावेश थियो । युवराजले अनुसन्धान र विकासलाई प्राथमिकतामा समावेश गर्नुपर्ने बताएका थिए ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।