साइप्रस न्युज

गायक प्रमोद खरेलको भोलि हुने कार्यक्रम स्थगित

शेयर गर्नुहोस्

१५ अक्टोबर २०२२/लिमासोल
चर्चित गायक प्रमोद खरेल सहित हुने तिहार विशेष कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ। लिमासोल को ट्रीकिस प्यालेसमा आयोजना हुन लागेको सो कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको हो।
इराकको कुर्दिस्थानमा कार्यक्रम सकाएर साइप्रस आउन लागेका गायक खरेल को भिसामा समस्या देखाउदै इराकी अध्यागमन विभागले प्रस्थान अनुमती नदिए पछि कार्यक्रम स्थागित गर्नु परेको आयोजकले जानकारी दिएको छ।

गायक खरेलको प्रस्थान अनुमतीको लागि आयोजकले हर सम्भव कोसिस असफल भए पछि अर्को सुचना नआउन्जेल सम्मको लागि कार्यक्रम स्थगित गर्नु परेको बताइएको छ।

गायक खरेलले पनि एक भिडियो सन्देश जारी गर्दै आफ्नो पहिलो साइप्रसको यात्रामा प्राविधिक त्रुटीका कारणले उपस्थित हुन नपाएकोमा दु:ख व्यक्त गर्दै असुविधाको लागि दर्शक श्रोता सङ माफी मागेका छन् । साथै,उनले छिट्टै नै अर्को मिति मा साइप्रस आउने वाचा गरेका छन्।

कार्यक्रमका लागि अर्का गायक बादल थापा साइप्रस आइ सकेका छन्।
शुभ-दिपावली, छठ पर्व एवं नेपाल सम्बत् ११४३ को अवसरमा एस एम इभेन्ट,इन्टरटेन्ट्मेन्ट एन्ड ट्राभल्स सोलुसन र कोष ओभरसिज प्रा.ली. को संयुक्त आयोजनामा सो कार्यक्रम हुन लागेको थियो।

आयोजक टिमले अन्तिम समयमा कार्यक्रम स्थगित गर्नु परेकोमा गहिरो दु:ख व्यक्त गर्दै सम्पुर्णमा क्षमा याचना गरेको छ। .  

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।