प्रवाससंघसंस्था गतिविधिसाइप्रस न्युज

नेपाल तामाङ घेदुङ साइप्रसको अध्यक्षमा सुनीमाया

शेयर गर्नुहोस्

लिमासोल , युरोप । नेपाली तामाङ जातिको उत्थान,भाषा, धर्म र संस्कृती संम्बर्द्वन भन्ने मुल नारालाई आत्मा साथ गर्दै सन २०१६ सालमा स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रसको तेस्रो अधिवेशनले सुनीमायाँ डिम्डुङ तामाङलाई अध्यक्षमा चयन गरेको छ ।

साईप्रसको लिमासोलमा रहेको गोर्खा किचन रेष्टुरेन्टमा भएको कार्यक्रम नेपाल तामाङ घेदुङ साइप्रसका सस्थापक नानु गोम्जाको प्रमुख अतिथ्यतामा भएको सम्पन्न भएको थियो । लक्ष्मी ब्लोनको अध्यक्षतामा भएको छैठो बार्षिक साधारण सभा तथा अधिवेशनले वरिष्ठ उपाध्यक्ष मा निर्मला थिङ तामाङ , उपाध्यक्षमा राजु वाईवा तामाङ , महासचिव राजमान घ्लान तामाङ , सचिव कृपा घिसिङ तामाङ कोषाध्यक्ष किन्जाङ घिसिङ तामाङ बिपना सहकोषाध्यक्ष सुवास थोकर तामाङ , प्रवक्ता सानुमाया लोप्चन तामाङ , लामा विभाग प्रमुख माया घ्लान तामाङ , अनुशासन तथा मुल्यांकन विभाग प्रमुख सुमित्रा बम्जन तामाङ , युवा विभाग प्रमुख आसुनी तामाङ , संस्कृतिक विभाग प्रमुख अङ्गेलि तामाङ माया लाई सर्बसम्मतले चयन गरेको छ भने सदस्यहरुमा खावा दोङ तामाङ , विष्णु माया घिसिङ तामाङ , डिकु पाख्रीन तामाङ वबिता घिसिङ तामाङ अञ्जु घिसिङ तामाङ कमला थिङ तामाङ , विशाल पाख्रीन तामाङ , रञ्जु बम्जन तामाङ , रञ्जिता तामाङ छेपाल्मो ,डोल्मा ह्योल्मो तामाङ, हर्क लाल थिङ तामाङ , नानी माया मोक्तान तामाङ , सुस्मा पाख्रीन तामाङ , लक्ष्मी लोप्चान तामाङ, खुशी थिङ तामाङ लगाएत रहनुभएको छ ।

कार्यवाहक महासचिव श्री निर्मला थिङ तामाङ (  डेनसाङ लेङ्बो) स्वागतमा भएको कार्यक्रममा प्रवासी नेपाली मञ्च साइप्रसका अध्यक्ष श्यामलाल नेपाली , शेर्पा किदुक साइप्रसका निवर्तमान अध्यक्ष निमदिकी शेर्पा ज्यू, प्रवासी नेपाली मञ्च तथा युरोप कमिटी युवा विभाग प्रमुख दातानन्द पाण्डे , प्रत्रकार महासंघ युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतम , नेपाल जनप्रगतिशील मञ्चसाइप्रसका कोषाध्यक्ष लक्ष्मी लोप्चन तामाङ, तमु समाज साइप्रसका प्रतिनिधि लक्ष्मीता गुरुङ , मगर संघ साइप्रसका प्रतिनिधि मिरा थापा , किराँत याक्थुम चुम्लुङ साइप्रसका सह-सचिव श्री एलिना लिम्बू लगाएतको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस्