संघसंस्था गतिविधिसाइप्रस न्युज

गायकद्वय प्रमोद खरेल र बादल थापाले साइप्रस तताउने

शेयर गर्नुहोस्

समिम मियाँ 

११ नोभेम्बर २०२२/ लिमासोल

नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायक प्रमोद खरेल र बादल थापाले साइप्रस तताउने भएका छन्।  लिमासोलको ट्रिकिस प्यालेसमा आगामी आइतबार आयोजना हुने सांगीतिक कार्यक्रममा  गायकद्वय सहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने बताइएको छ।

कोष ओभरसिज प्रा. लि. र एस एम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुशन मुख्य आयोजनामा  हुन लागेको “कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस ” कार्यक्रमको सम्पूर्ण तयारी पुरा भै सकेको छ।

प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति तथा नेपाली गीत संगीतको संरक्षण प्रबर्धन र उत्थान गर्ने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरिएको हो।

नेपालका चर्चित गायक प्रमोद खरेल संग साइप्रसमा रहेका नेपाली कलाकारहरुले समेत उक्त दिन सांगितिक प्रस्तुती दिने छन् ।

चर्चित रियालिटी सो  “भ्वाइस अफ नेपाल ” का जज समेत रहेका गायक खरेलले सुगम गित देखि लिएर चलचित्र हुदै लोकगित सम्मका गित गाइ सकेका छन् । भुपु माया, यो कुरा गोप्य , भाग्यमा खोट छ, म बाचेकै, चोट दिनेलाई, धोकेबाज, बिजुलिको तार, मेरो दिल छ पोखरामा लगाएतका थुप्रै गितहरु चर्चित पनि भैसकेका छन्।  एक भिडियो संदेश जारी गर्दै साइप्रस आउँन एकदमै  “एक्साइटेड” रहेको  गायक खरेलले बताएका छन्।

कार्यक्रमलाई साइप्रस स्थापित विभिन्न संघ संस्था मध्य चितवन सेवा समाज साइप्रस, सुदूरपश्चिमेलि नेपाली समाज साइप्रस, तमु समाज साइप्रस, नेपाली जनप्रगतिशील मञ्च साइप्रस  र जागौं नेपाल प्रवास साइप्रसले सहयोग गर्दै छन् भने मिडिया पार्टनरमा साइप्रस-नेपाल डट कम, प्रवास बुलेटिन, डिजी गुर्खाज र नेपाल पत्रकार महासंघ, युरोप शाखा रहेका छन्।

प्रमोद खरेल साइप्रस बादल थापा साइप्रस

कार्यक्रमलाई विभिन्न म्यानपावर संस्थाले प्रायोजन गरेका छन्।  कालिञ्चोक एच.आर. प्रा.लि ., कर्म इन्टरनेशल इम्प्लोयमेन्ट सर्भिस, सुन्दर नेपाल ओभरसिज प्रा.लि, मिराकल म्यानपावर प्रा.लि, र ओम श्री महाशक्ति  इम्प्लोयमेन्ट प्रा.लि.  ले प्लाटिनियम स्पोसर गरेका छन्।

साथै एफएम ग्रुप ओभरसिज प्रा.लि, जापुरा ओभरसिज प्रा.लि, गौतम इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि, शल्मा एच.आर. ओभरसिज प्रा.लि, एप्स ग्रुप प्रा.लि ले गोल्ड स्पोन्सर गरेका छन्।  गोल्डेन गेटवे इन्टरनेशनल प्रा.लि, डाइमण्ड स्टार ओभरसिज प्रा.लि,  र बलाहा ओभरसिज प्रा.लि ले सिल्भर स्पोन्सरसिप गरेका छन्।

गत महिना प्राविधिक कारणले अन्तिम समयमा स्थगित भएको कार्यक्रमलाई आयोजकले नोभेम्बर १३ तारिखमा सार्नु परेको थियो।

कार्यक्रम स्थल सम्म को लागि आयोजक ले साइप्रसक सबै सहर बाट यातायात को व्यवस्था गरेको छ।  टिकट दर २० युरो तोकिएको छ।

बस लाग्ने समय, स्थान र सम्पर्क फोन नम्बर 

𝙿𝚊𝚏𝚘𝚜, 𝙽𝚎𝚠 𝙱𝚞𝚜𝚙𝚊𝚛𝚔 – 9 : 00 𝚊𝚖.

▪️𝗞𝗵𝗮𝗴𝗲𝗻 𝗥𝗮𝗻𝗮 𝗠𝗮𝗴𝗮𝗿 – 96103145
▪️𝗜𝘀𝗵𝘄𝗼𝗿 𝗧𝗵𝗮𝗽𝗮 – 96489899
▪️𝗬𝗮𝗴𝘆𝗮 𝗥𝗮𝗻𝗮 – 96657796
▪️𝗡𝗶𝗿𝗺𝗮𝗹𝗮 𝗧𝗵𝗶𝗻𝗴 – 96010644
𝙻𝚒𝚖𝚊𝚜𝚜𝚘𝚕, 𝚂𝚞𝚗𝚍𝚊𝚢 𝙼𝚊𝚛𝚔𝚎𝚝 – 9 : 00 𝚊𝚖.
▪️𝗡𝗮𝗯𝗶𝗻 𝗖𝗵𝗮𝘂𝗹𝗮𝗴𝗮𝗶𝗻 – 96316782
▪️𝗝𝗮𝘆𝗮 𝗔𝗿𝘆𝗮𝗹 – 96088064
▪️𝗧𝗮𝗿𝗮 𝗥𝗮𝗶 – 97732570
▪️𝗟𝗮𝘅𝗺𝗶 𝗧𝗵𝗮𝗽𝗮 𝗝𝗼𝘀𝗵𝗶 – 96598710
▪️𝗞𝗿𝗶𝘀𝗵𝗻𝗮 𝗧𝗵𝗮𝗽𝗮 𝗠𝗮𝗴𝗮𝗿 – 96991735
▪️𝗞𝗿𝗶𝗽𝗮 𝗚𝗵𝗶𝘀𝗶𝗻𝗴 – 95540826
𝙽𝚒𝚌𝚘𝚜𝚒𝚊, 𝚁𝚘𝚞𝚗𝚍𝚊𝚋𝚘𝚞𝚝 𝚜𝚞𝚗𝚍𝚊𝚢𝚖𝚊𝚛𝚔𝚎𝚝 – 9 : 00 𝚊𝚖.
▪️𝗦𝘂𝗯𝗮𝘀 𝗠𝗮𝗹𝗹𝗮 – 96751378
▪️𝗔𝗻𝗶𝗹 𝗕𝗵𝗮𝗻𝗱𝗮𝗿𝗶 – 96889259
▪️𝗗𝗶𝗻𝗲𝘀𝗵 𝗗𝗵𝗮𝗸𝗮𝗹 – 96193868
▪️𝗔𝗮𝘀𝗺𝗮 𝗕𝗮𝘀𝗻𝗲𝘁 – 97613433
𝙻𝚊𝚛𝚗𝚊𝚌𝚊, 𝙾𝚕𝚍 𝚑𝚘𝚜𝚙𝚒𝚝𝚊𝚕 – 9 : 30 𝚊𝚖.
▪️𝗞𝗲𝘀𝗵𝗮𝘃 𝗧𝗵𝗮𝗸𝘂𝗿𝗶 – 99164151
▪️𝗛𝗶𝗿𝗮 𝗧𝗮𝗺𝗮𝗻𝗮𝗴 – 96197072
▪️𝗡𝗮𝘃𝗮𝗿𝗮𝗷 𝗚𝗮𝘂𝘁𝗮𝗺 – 96446560
▪️𝗥𝗮𝘁𝗻𝗮 𝗟𝗮𝗺𝗮 – 96332871
▪️𝗠𝗮𝗻𝗶𝘀𝗵𝗮 𝗔𝗿𝘆𝗮𝗹 – 96682779
▪️𝗥𝗮𝗷𝗺𝗮𝗻 𝗚𝗵𝗹𝗮𝗻 – 99204803
𝙿𝚊𝚛𝚊𝚕𝚒𝚖𝚗𝚒 𝙲𝚎𝚗𝚝𝚛𝚎 – 8 : 30 𝚊𝚖, 𝙰𝚢𝚒𝚗𝚊𝚙𝚊 𝙲𝚎𝚗𝚝𝚛𝚎 – 9 : 00 𝚊𝚖.
▪️𝗡𝗮𝗻𝘂 𝗚𝗼𝗺𝗷𝗮 – 96739953
▪️𝗡𝗮𝗻𝘂 𝗚𝘂𝗿𝘂𝗻𝗴 – 96312270
▪️𝗠𝗼𝗻𝗮 𝗕𝗶𝗻𝗱𝗮𝘀 – 96203942
शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।