साइप्रस न्युज

यस कारण स्थगित भयो प्रमोद खरेलको आजको कार्यक्रम

शेयर गर्नुहोस्

समिम मियाँ 

१३ नोभेम्बर २०२२ / लिमासोल 

कोष ओभरसिज प्रा. लि. र एस एम इभेन्ट इन्टरटेनमेन्ट एण्ड ट्राभल सोलुशन मुख्य आयोजनामा  हुन लागेको “कल्चरल म्युजिक प्रोग्राम इन साइप्रस ” कार्यक्रम पुन: स्थगित भएको छ। लिमासोलको ट्रिकिस प्यालेसमा आज आयोजना हुने भनिएको सांगीतिक कार्यक्रमको लागि   गायकद्वय  प्रमोद खरेल र बादल थापा नेपाल बाट आउदै थिए।

आयोजकले दिएको जानकारी अनुसार गायकद्वय काठमाण्डौ -दोहा- लार्नाका को फ्लाइट भए पनि   उडान को अन्तीम समयमा काठमाण्डौ एयरपोर्टमा कतार एयर एयरवेजको जहाज मा समस्या भए पछि फ्लाइट “डिले” भएको थियो। जसकारण कतार एयरवेजले नै  काठमाण्डौ -दोहा- बेरुत – लार्नाका  को लागि  “ट्रान्जिट री-सेड्युल “ गरि टिकटको  व्यवस्था मिलाएको थियो।

लेबनानको राजधानी बेरुत स्थित रफिक हरारी इन्टरनेशनल एयरपोर्टबाट शनिवार साझँ ८:४५ को उडान तालिका अनुसार “फ्लाइट ” हुनु पर्ने थियो तर  पुर्व इमिग्रेसन विभाग ले भिसा मा शंका मानेर उडान अनुमति नदिएको हो।

पासपोर्ट मा लागेको भिसामा इमिग्रेसन विभाग संका गरेर उडान नदिए पछि नेपाल स्थित साइप्रस कन्सुलेट द्वारा जारी गरेको भिजा सक्कली हो भनि  प्रमाणित गरि पठाएको पत्र,  दिल्ली स्थित साइप्रस दुतावासले पठाएको इमेल पनि साइप्रस-नेपाल डट कम ले प्राप्त गरेको छ।

नेपाल स्थित साइप्रस कन्सुलेटले पठाएको पत्रमा  लेबनान र साइप्रसको अध्यागमनलाई सम्बोधन गरि गायकद्वय को भिसा सक्कली भएको प्रमाणित गरीएको भए पनि बेरुत विमानस्थलले विभिन्न बहाना गर्दै साइप्रस पठाउन वा  दोहा वापस पठाउन पनि नमानेको जानकारी प्राप्त भएको छ।

सबै कागजपत्र सहि हुँदा हुदै पनि उडान नदिए पछि कार्यक्रम स्थगित गर्नु परेको आयोजक सुवास मल्ल ले बताउनु भयो।

कार्यक्रम स्थगित गर्नु पर्दा अत्यन्तै दुखि भएको र पर्न गएको असुविधा र असर प्रति आयोजक पक्षले क्षमा मागेको छ।

अघिल्लो महिना गायक खरेलको भिसामा समस्या देखिएको भन्दै उडान अनुमति नपाएका कारण कार्यक्रम स्थगित भएको थियो।

यो पनि पढ्नुहोस् :

साइप्रसबाट फर्किएका व्याक्तिलाई साइप्रसको पुलिस रिपोर्ट चाहिए के गर्ने ?

साइप्रसमा रिलिज लिनको लागि इम्प्लोयरलाइ दिने 30 Days Notice Period लेटर कसरी लेख्ने ?

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।