साइप्रस न्युज

लिमासोलमा धुमधाम गरि साकेला उधौली पर्व मनाइयो(फोटो सहित)

शेयर गर्नुहोस्

04डिसेम्बर २०२२/लिमासोल
किराँती समुदायको विशेष पर्व साकेला उधौली  साइप्रसमा धुमधाम रुपमा मनाइएको छ। लिमासोल स्थित नेपाली भेटघाट  रेस्टुरेन्टमा आज ” किराँती राष्ट्रिय पर्व साकेला “आयोजना गरि सो पर्व मनाइएको छ।
साइप्रस भरी छरिएर रहेका किराँती समुदायलाई एकिकृत गर्ने संस्थाको रूपमा स्थापित किराँत राई यायोख्या साइप्रसले साकेला उधौली पर्व कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा विभिन्न संघसंगठनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

किन र कसरी  मनाइन्छ साकेला उधौली पर्व ?

प्रत्येक वर्ष बैशाख पुर्णिामा देखि  किराँती रितीअनुसार भूमीको पूजा गरी उभौली चाड अर्थात भूमी पूजा गरी साकेला शिलि नाच्दै १ महिना सम्म मनाउने गर्छन। किराँतीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय वैशाख पुर्णिमा उभौली र अन्न वाली पाकिसकेपछि खुसीयाली मनाउदै मंसिरे पूर्णिमा विशेषरूपले खुसीयाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन् ।
यो नाच परापूर्व कालमै प्रारम्भ भएको हो । किराँत खम्बु-राईहरूले पितृपूजा र प्रकृति पूजा गर्छन् । किराँत खम्बु-राईहरूले  यो विशेष पर्व साकेला साकेन्वा ऋतु परिवर्तनसँगै वर्षमा दुई पटक मनाउँछन् । उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ । अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ ।
दिन लामो हुन थालेको दिन अर्थात् पूणिर्मा देखि यो चाड सुरू हुन्छ । खुला आकाशमुनि संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला साकेन्वा नाचिन्छ ।
बालकेदखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला साकेन्वा नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको पाइन्छ।
हात-खुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीव-जनावरको नक्कल गरी ढोल-झ्याम्टाको तालमा नाचिने सामूहिक नृत्य नै साकेला साकेन्वा हो।
किराँत खम्बु राई हरूले साकेला साकेन्वा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।