साइप्रस न्युज

किराँत याक्थुङ चुम्लुङ साइप्रसको चासोक तङ्नाम ५०८२ कार्यक्रम भव्य

शेयर गर्नुहोस्

११ डिसेम्बर २०२२/लिमासोल                                          किराँत याक्थुङ चुम्लुङ साइप्रसले चासोक तङ्नाम ५०८२ भव्य रुपमा मनाएको छ।
उधौली /न्वागी पुजा येले तङ्बे ५०८२ तथा २०७९ सालको पावन अवसरमा लिमासोलको ब्रीटानिया हलमा आज शुभकामना आदानप्रदान  तथा साँस्कृतिक कार्यक्रम आयोजना गरि मनाइएको हो ।
विदेशि भुमिमा रहेर पनि लिम्बू भेषभुषा ,संस्कार संस्कृती, रितिरिवाज झल्किने प्रस्तुतिहरु हेर्न पाएको मा दर्शकले खुलेर प्रशंशा गरे ।
कियाचु कि अध्यक्ष चुमन्ता लिम्बुको सभापतित्व र कलाकार सुरेन ताम्लिङ को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साइप्रसमा स्थापित विभिन्न संघसंगठनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विशेष अतिथी गैर आवासिय नेपाली संघ साइप्रसका अध्यक्ष कुन्दन कार्की, किराँत राई यायोख्या का नवीन राई, नेपाल तामाङ घेदुङ साइप्रसका सुमित्रा बोम्जन तामाङ, तमु समाज साइप्रसका लक्ष्मी गुरुङ, ह्याल्मो सोसाइटी अफ साइप्रसका निमा ह्याल्मो, गैर आवासिय नेपाली विधार्थी समितीका अनिल पोखरेल, प्रवासी नेपाली मन्चका अध्यक्ष श्यामलाल नेपाली र प्रमुख सल्लाहकार धतानन्द पान्डे, युरोप गतिविधिका सम्पादक प्रकाश बराइली लगायत विभिन्न संघसंगठन र समाजसेविको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा केलाङ र यालाङ लगायतका विभिन्न मौलिक संस्कृती झल्काउने नृत्यहरु प्रस्तुत गरिएको थियो। केलाङ र यालाङ भनेको लिम्बूहरुको मौलिक नाच हो जसको अर्थ भनेको के (च्याब्रुङ) लाङ (नाच) र या(धान) लाङ (नाच) हुन्छ । केलाङ  विशेषगरी चाडपर्व , सभा तथा विवाह  इत्यादि अवसरमा सुरु र अन्त गर्दा या मनोरञ्जनको लागि पनि नाच्ने गरिन्छ । केलाङ र यालाङ नृत्य नेतृत्व कलाकार सुरेन ताम्लिङ ले गरेका थिए।

कार्यक्रमका प्रमुख आकर्षण गायक सुरेन ताम्लिङले विभिन्न गित गाएर दर्शकलाई उफारी उफारी नचाए । परम्परागत धान नाँचमा अतिथि र दर्शकलाई सहभागि गराउदै गायक ताम्लिङले माहोल मनोरञ्जनात्मक बनाए भने स्थानीय कलाकारहरुको दमदार साङितिक प्रस्तुतिले कार्यक्रम उत्कृष्ट बन्यो ।
परान चाम्लिङ,साजन गुरुङ, सन्जु मगर, सेनि मगर,सर्मिला नेपाली, अमिसा लिम्बू, रुबिना लिम्बूले पनि गायन र नृत्य कला प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुक्त पारे ।
डिजे विकास श्रेष्ठले आफ्नो डिजे कला मार्फत कार्यक्रममा सुनमा सुगन्ध छर्ने काम गरे ।
आयोजकले हरेक वर्ष कार्यक्रम आयोजना गरि चासोक तङ्नाम मनाउदै आएको छ।

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।