देश विदेश

विदेश पठाइदिने भन्दै प्रतिव्यक्ति दुई लाखसम्म ठगी गरेर म्यानपावर फरार

शेयर गर्नुहोस्

पुस १८, काठमाडौँ | युवाहरूलाई बैदेशिक रोजगारीका लागि खाडी तथा मलेसिया लगायत मुलुकहरूमा पठाइदिने भनेर प्रतिव्यक्ति २० हजारदेखि दुई लाख रुपैयाँसम्म असुल गरेर एक म्यानपावर कम्पनी विरुद्द वैदेशिक रोजगार विभागमा उजुरी परेको छ।

बनस्थलीमा रहेको ग्लोबल प्राइभेट लिमिटेड कम्पनीले उनीहरूलाई कुवेत, कतार, साउदी, मलेसिया लगायत मुलुकमा पठाइदिने भनेर ठगी गरी फरार भएको हो। सोमबार उक्त म्यानपावरले ठगी गरेको भन्दै २३ जना युवाहरू उजुरीका लागि विभाग पुगेका थिए। गोरखाका विष्णु नेपालीले कुवेतमा हाउसकिपिङ कामका लागि भनेर ७० हजार बुझाएको बताए।

‘मलाई आउने बुधबार उडाउँछु भनेको थियो। तर अहिले त्यहाँ म्यानपावर पनि छैन। एजेन्टको फोन पनि अफ छ,’ उनले भने। चितवनका लक्ष्मण परियाले उक्त म्यानपावरले आफू र साथीहरूलाई विभिन्न मुलुकमा रोजगारीको प्रलोभन देखाएर प्रतिव्यक्ति २० हजारदेखि दुई लाखसम्म ठगी गरेको बताए। ‘मलाई कुवेतमा ड्राइभिङका लागि पठाउने भनेको थियो। ८० हजार बुझाइसकेको थिएँ,’ उनले भने।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।