देश विदेश

वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दामा पैसा तिरेर वकिल राख्न नसक्नेले निःशुल्क कानुनी सहायता पाउने

शेयर गर्नुहोस्

पुस १९, काठमाडौँ । वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दा परेका तर पैसा तिरेर वकिल राख्न नसक्नेहरूले निःशुल्क कानुनी सहायता लिन पाउने भएका छन् ।

वैदेशिक रोजगार न्यायाधिकरणले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने वकिलहरूको सूची सार्वजनिक गर्दै वैदेशिक रोजगार कसुर मुद्दाका असमर्थ पक्षले निःशुल्क रूपमा उनीहरूबाट सेवा लिन सक्ने जनाएको छ । यस्तो सेवालाई प्रोबोनो सेवा भनिन्छ ।

प्रोबोनो अर्थात् निःशुल्क कानुनी सहायता लिनका लागि सबैभन्दा पहिला वकिल राख्न नसक्ने असमर्थ पक्षले न्यायाधिकरणमा अनुरोध गर्नुपर्छ ।

न्यायाधिकरणमा दायर भएका वैदेशिक रोजगार सम्बन्धी मुद्दाका असमर्थ पक्षले अनुरोध गरेपछि मात्र सूचीकृत प्रोबोनो कानुन व्यवसायी मध्येबाट नाम छनौट गर्न लगाइने न्यायाधिकरणले जनाएको छ । असमर्थ पक्षले छनौट गरेका वकिललाई उनीहरूको पक्षबाट प्रतिनिधित्व गर्न न्यायाधिकरणले नै लगाउने छ ।

समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : साझासबल मिडिया

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।