संघसंस्था गतिविधिसाइप्रस न्युज

साइप्रसमा भव्यरुपमा मनाइयो माघे सकराती (फोटो फिचर)

शेयर गर्नुहोस्

नेपाल मगर संघ साइप्रसले माघे सकराती विशेष  कार्यक्रम भंव्य रुपमा संपन्न गरेको छ . हिजो आइतबार लिमासोल स्थित नियो फिस्ता हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाली वाणिज्यदूत डा. राम जीवन पंजियारले माघे सकरातीको शुभकामना व्यक्त गर्दै सबै नेपालीलाई एकताको सुत्रमा बाध्न मद्दद  पुगेको बताए।

संस्थाका अध्यक्ष दर्शन मगर को सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथि  गैर-आवासीय नेपाली संघ  आई.सि.सि. सदस्य सुबास मल्ल,  विशेष अतिथि एनआरएनए  साइप्रसका अध्यक्ष कुन्दन  कार्की, गैर आवासीय नेपाली संघ, साइप्रसका पूर्वाध्यक्ष सुस्मा पुन को उपस्थिति रहेको थियो। सभापति मगरले मगरहरुको महत्वपूर्ण पर्वमा प्रवासमा देखिएको उल्लेखनीय उपस्थिति प्रति गर्व गर्दै धन्यवाद व्यक्त गरे।

पुरन मगरले संचालन गरेको कार्यक्रममा  सल्लाहकार जसु पुन मगरले  स्वागत मन्तव्य मार्फत उपस्थित दर्शकलाई स्वगत् गरिन।

कार्यक्रममा साइप्रसमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति  थियो ।

मौलिक मगर भेषभूसामा  सजिएर आएका संघका स्वयमसेवकले  परम्पारागत खाना पस्किदै गर्दा को दृष्यले नेपाल मै भएको झल्को दिलाएको थियो।

कार्यक्रम को प्रमुख आकर्षण  गायिका प्रीति आलेको सांगीतिक प्रस्तुतिले कार्यक्रम हलको माहोल तातियो। गायिका आलेले आफ्नो चर्चित गितहरु गाएर दर्शकलाई बुरुक बुरुक उफारेर नाच्न बाध्य पारिन।

पन्जेबाजा देखि र्र्याप ब्याटल सम्म का गीत मा दर्शकले दिल खोलेर नाचे। लिमासोलको  चिसो मौसममा पनि दर्शकहरु पसिनाले निथ्रुक्क हुने गरि नाचेका थिए।

स्थानिय कलाकारको गायन र नृत्यलाई दर्शकले भरपुर मजा लिएर तारिफ गरे।

परान चामलिंग, सन्दिप लामा, संजु मगर, रुपा मगर, अमृता मगर, सबिता मगर, सुनिता क्षत्री मगर, पुनम गोरखाली, सियाना मगर, सुशिला बस्नेत , मिरा रिजाल लगायतका स्थानिय कलाकारले पनि आफ्नो दमदार प्रस्तुतिले दर्शकको मन जिते।

हेर्नुस् फोटोहरु :

 

 

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।