पापोसमा नेपाली युवतीको निधन, कारण अझै अज्ञात

शेयर गर्नुहोस्

साइप्रसमा पुन: एक नेपालीको ज्यान गएको छ। पापोस जिल्ला अन्तर्गत पर्ने कोनिया मा २३ वर्षीय युवतीको निधन भएको हो।  दोलखा जिल्ला गौरीशंकर ४ ,घर भएकी कार्सङमु शेर्पा को ज्यान गएको हो।

स्थानिय मिडिया रिपोर्टका अनुसार गत बुधबार बिहान  शेर्पालाई उनको रोजगारदाताले  बेडमा अचेत अवस्थामा फेला पारे पछि पापोस जेनेरल हस्पिटलमा लगिएको र डाक्टर द्वारा मृत घोषणा गरिएको थियो।

गत वर्षको  सेप्टेम्बरमा उनि घरेलु कामदारको रुपमा साइप्रस आइपुगेकी थिइन्।  स्थानिय मिडियाले  शेर्पा कुनै पनि रोग बाट ग्रसित नभएको बताएका छन्।

नेपाली कन्सुलेट कार्यालय निकोसियाले नेपालीको मृत्यु प्रति दुख व्यक्त गर्दै साइप्रस प्रहरी संग घटनाको सत्यतथ्य पत्ता लगाउन आग्रह गरेको जानकारी दिएको छ। कन्सुलेट कार्यालयले मृतकको परिवार संग सम्पर्क गरिसकेको बताएको छ।

मृतकको हाल सम्म पोस्टमार्टम रिपोर्ट आइ सकेको छैन।

प्रहरीले अनुसन्धान पुरा भएको  रिपोर्ट नदिए सम्म के भएको हो भनि भन्न सकिने अवस्था नरहेकोले संयमित रहन नेपाली कन्सुलेट कार्यालयले नेपाली समुदायमा आग्रह गरेको छ।

घटनाको कारण अज्ञात देखिए पछि सामाजिक संजालमा विभिन्न शंका उपशंका सहितको तिव्र प्रतिक्रिया देखिएको छ। गत वर्ष पनि हाउसमेड रुपमा काम गर्ने नेपालीको मृत्यु भएको घटना संग यो घटनालाई जोड्दै यो असामान्य भनि प्रतिक्रिया आइ रहेका छन्।

 

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like