संघसंस्था गतिविधिसाइप्रस न्युज

साइप्रसमा सोनाम ल्होछार भव्य (फोटो फिचर )

शेयर गर्नुहोस्

१२ फेब्रुवरी २०२३ / लिमासोल

नेपाल तामांग घेदुङ्ग साइप्रसले सोनाम ल्होछार २८५९ भब्य रुपमा मनाएको छ। गत आइतबार लिमासोल स्थित  नियो फिस्ता बेन्क्युट हलमा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गरि  सोनाम ल्होसार मनाइएको हो।

तामाङ जातिको उत्थान,भाषा,धर्म र संस्कृतिको सम्बर्द्धन गरौं,राष्ट्रिय सोनाम ल्होछार २८५९ लाई भव्य रुपमा सफल पारौं,ग्रेन गे दिम खरिदको आर्थिक अभियान पूरा गरौं”भन्ने उदेश्य सहित आयोजना गरिएको कार्यक्रमको सभापतित्व नेपाल तामांग घेदुङ्ग साइप्रस अध्यक्ष  सुनी डिम्दुङ तामाङले गरेकी थिइन् 

कार्यक्रमका प्रमुख अतिथि  नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य तथा नेपाल तामाङ घेदुङका प्रमुख सल्लाहकार लक्ष्मी ब्लोन तामाङले ल्होछार शुभकामना दिदै ग्रेन गे दिम को लागि आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन ।

विभिन्न संघसंस्था तथा अतिथि को उपस्थितिमा दर्शकको बाक्लो उपस्थिति रहेको थियो।  कार्यक्रमका  विशिष्ट अतिथि, एनआरएन आइ सीसी सदस्य सुभास मल्ल, विशेष अतिथि नेपाल तामाङ घेदुङका संरक्षण नानुगोम्जा तामाङ र गैर आवासीय नेपाली संघ, साइप्रसका प्रतिनिधि पिङ्गला गौतम को उपस्थिति थियो।  

नेपाल मगर संघ साइप्रस, शेर्पा किदुक साइप्रस,  राष्ट्रिय जनमुत्ति मञ्ज साइप्रस , पोखरा सेवा समाज साइप्रस, ह्योल्मो यूनिटि साइप्रस, नेपाली जनप्रगतिशिल मञ्ज साइप्रस ,तमु सेवा समाज साइप्रस, प्रवासी नेपाली एकता मञ्ज ,रुपन्देहि सेवा समाज साइप्रस, चितवन सेवा समाज साइप्रस साइप्रस एकता समाज साइप्रस , जागौं नेपाल प्रवास समिति साइप्रस ,गुल्मि सेवा समाज साइप्रस, सुदुरपश्चिमेलि नेपालि समाज साइप्रस, नेपाली जनसम्पर्क समिति साइप्रस, किराँत राई यायोख्या साइप्रस , प्रवासी नेपाली मञ्च साइप्रस, किराँत याक्थुङ चुम्लुङ साइप्रस , लाखे क्रियसन लगायतका विभिन्न संस्थाका प्रतिनिधि, समाजसेवी र मिडियाकर्मीहरुको  उपस्थिति थियो।  

साथै, नेपाल तामाङ घेदुङ साइप्रसका संस्थापक सल्लाहकार ज्ञानु लामा, संस्थाका सल्लाहाकारहरु साङमो थोकर तामाङ, माया लोप्चन तामाङ, शर्मिला लोप्चन तामाङ्ग, श्याम लो तामाङ को पनि उपस्थिति रहेको थियो। 

कार्यक्रमलाई  राजमान घलान , कृपा घिषिङ र पुरन मगर ले संचालन गरेका थिए।

 कार्यक्रमको आकर्षण 

मौलिक भेषभूषामा सजिएर खादा सहित स्वागत  गर्न बसेका आयोजक र स्वयम्सेवक को न्यानो आतिथ्यता  र ” ओम मणी पेमे हुं ” को ध्वनि,र  धुपको बास्नाले  कार्यक्रम हल मा प्रवेश गर्ने बित्तिकै नेपाल कै झल्को दिएको थियो।

कार्यक्रममा  महिला लामाहरुले शान्तिको कामना गर्दै मोलम पाठ (मंत्रोचारण ) गरिएको थियो।

 

सांगीतिक कार्यक्रम 

स्थानिय कलाकारहरु को दमदार सांगीतिक प्रस्तुति रह्यो।  अङ्गेलि माया तामांग, सुमित्रा बम्जन तामांग, उमा घलान, रुक्सना लोप्चन,  रिया तामांग, सुशिला लामा, रचना योञ्जन को अलग अलग नृत्य प्रस्तुति ले सबै को मन जित्न   सफल भए।

सुनिता क्षेत्री,  कल्पना सुनुवार  झासुंग थिग तामांगको गायन कलाले दर्शक तताए।  यांजिला तामांगले “फुल भन्छ फुली रहु ” बोल को गित ले दर्शकलाई भावुक बनायो भने शुभम लामा र  विशाल पाख्रिन तामांगको अलग अलग गायन प्रस्तुतिले कार्यक्रम हल को माहोल तातिएको थियो।  दर्शकले भरपुर मनोरंजन लिए।

कार्यक्रमका मुख्य आकर्षण गायक मिलन लामा को सांगीतिक प्रस्तुतिलाई साइप्रसका दर्शकले भरपुर साथ दिए।  मेंदोमाया, सेलो, लोक दोहोरि  गाएर दर्शकलाई स्टेजमा नचाएका गायक लामाले आफ्ना चर्चित गित हरु गाए।  “हंगकंग आइडिले “, “घरमा पराल बारी मा बंसो” , “माझि दाइ पोखरा फेवातालको “, बोलका गित गाएर दर्ह्स्क उफारी उफारी नचाए।

सम्मान कार्यक्रम 

अतिथि कलाकार गायक मिलन लामालाई विभिन्न संघ संस्थाले खादा र सम्मान पत्र सहित सम्मान गरेका थिए।  साथै, घेदुङ्ग साइप्रसले एनआरएन आइसीसी सदस्य सुबास मल्ल लाई प्रमुख अतिथि बाट खादा सहित  प्रशंसा पत्र द्वारा सम्मान गरेको  थियो।  

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी नेपाल तथा बिश्वभर रहेका तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाउने गर्दछ्न । । मुसा, गाई, बाघ, खरायो (बिरालो), ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशु पञ्छीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक मानिन्छ  ।

घेदुङ्ग साइप्रसले हरेक वर्ष विभिन्न कार्यक्रम गरि सोनाम ल्होछार मनाउदै आएको छ।

तस्बिर : समिम मियाँ/ साइप्रस-नेपाल डट कम

 

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।