देश विदेश

हरेक मिनेटमा २८ पटक चट्याङ पर्ने ठाउँ

शेयर गर्नुहोस्

भेनेजुयलाको माराकाइबो ताल क्षेत्रमा सबैभन्दा धेरै चट्याङ पर्ने ठाउँ हो । त्यस ठाँउमा हरेक मिनेटमा २८ पटक चट्याङ पर्दछ ।

जहाँ काटाटुम्बो नदी माराकाइबो तालमा मिल्दछ, त्यो क्षेत्रमा एक वर्षमा २ सय ६० दिन त आँधीबेहेरी र हावाहुण्डरी नै चल्दछ । तीव्रआँधिबेहेरीका कारण त्यहाँ निरन्तर विजुली चम्किरहेको र चट्याङ परिरहेको हुन्छ ।

डेलीमेलका अनुसार माराकाइबो तालमा रहेक मिनेटमा औषतमा २८ पटक चट्याङ पर्दछ अर्थात् एक वर्षमा १२ लाख पटक चट्याङ पर्छ । त्यहाँ परेको चट्याङ अढाइ सय माइल टाढाबाट समेत देख्न सकिन्छ ।

आखिर त्यो तालमा किन यतिधेरै चट्याङ पर्छ होला ? वैज्ञानिकहरुले यस विषयमा विभिन्न खाले सिद्धान्त प्रतिपादन गरेका छन् ।

तीव्र गतिको हावाले तालको ओसिलो हावालाई जोडसँग सोहोरेर लग्ने र नजिकैको एन्डियन पहाडमा ठोक्काउने गर्दा यस्तो भएको कतिपयको भनाइ छ ।

अर्को सिद्धान्त अनुसार ताल क्षेत्रको धापमा कुहेका जिव तथा वनस्पतीबाट निस्किएको मिथेन ग्यासका कारण यस्तो चट्याङ निरन्तर पर्ने गर्छ ।

माराकाइबो ताल पहाडले घेरिएको छ । पहाडहरुले क्यारेबियन सागरबाट आउने न्यायो व्यापारिक वायुलाई ट्रयाप गर्दछन् । त्यो न्यानो हावा एन्डिज पर्वतबाट झर्ने चिसो हावासँग ठोक्किन्छ ।

त्यसपछि दुवै हावा माथि उठ्छन् र गर्जन सहित निरन्तर विजुली चम्किन्छ । वैज्ञानिकहरुका अनुसार माराकाइबो तालमाथिको आकाशमा चम्किरहने विजुलीका कारण उत्पन्न भएको उर्जाबाट पूरै ल्याटिन अमेरिकामा विजुली बाल्न पुग्दछ ।

यो पनि पढ्नुहोस् डाक्टरहरुको लापरवाहीले फेरि एक युवकको ज्यान गयो

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

One thought on “हरेक मिनेटमा २८ पटक चट्याङ पर्ने ठाउँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *