साइप्रस न्युज

संचालनमा आयो Safe House

शेयर गर्नुहोस्

सेफ हाउस नेपालीलाई सेल्टर

साइप्रस-नेपाल

१६ डिसेम्बर २०१९ / लिमासोल

२ वर्ष भन्दा बढीको प्रतीक्षा पछि नेपाली श्रमिकको लागि आश्रयस्थल को रुपमा ‘सेफ हाउस’ संचालनमा आएको छ।  निकोसियामा एक कार्यक्रम गरि महावाणिज्यदुत डा. रामजीवन पंजियारद्वारा रिबन काटेर सेफहाउस समुद्घाटन गरिएको हो।  

कार्यक्रममा बोल्दै महावाणिज्यदुत डा. रामजीवन पंजियारले सेफ हाउसको आवश्यकता र  सुरुवाती चरण सम्झदै यसको स्थापनाको लागि सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई धन्यवाद दिनु भयो।  सेफ हाउसको दिगो व्यवस्थापन/संचालनको लागि साइप्रसमा स्थापित सबै संघसंस्थालाई यसको जिम्मेवारी दिएको उद्घोस गर्दै संरक्षकको रुपमा आफु सहयोग गर्न तयार  रहको बताउनु भयो। “कुनै बेला कसैलाई अफ्ठ्यारो पर्दा सेफ हाउस मार्फत सहयोग गर्न सक्छौ, अब तपाइहरुलाइ मैले यो सेफ हाउस जिम्मा लगाउन चाहन्छु “ उहाले भन्नु भयो।  

कार्यक्रममा  बोल्दै एनआरएनए साइप्रस का पुर्व अध्यक्ष तथा संरक्षक  सुवास मल्लले यसको स्थापना गर्नु पर्ने अवाश्यकता देखिए पछि यसको आन्तरिक तयारी, कानुनी प्रक्रिया, आर्थिक श्रोत व्यस्थापन, दाताहरुको खोजि , घर व्यवस्थापन, कन्सुलेट तथा राजदुतावास संग बजेट बारे  छलफल,नेपाली संघसस्था संगको समन्वय र स्थानीय गैर सरकारी संस्थाको समन्वय लगायतका कार्यमा सिंगो टिमले गरेको मेहनतको नतिजा स्वरुप संचालनमा आएको सम्झिनु भयो। आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संरक्षक मल्लले कयौ महिना सम्म आफ्नो खल्ती बाट पनि घर भाडा तिरेको अनुभव सम्झीए । सेफ़हाउस संचालन  ढिलाई हुनु मा बजेट प्रमुख कारण रहेको बताउदै सेफ़हाउसमा १३,६७० युरो खर्च भएको जानकारी दिनु भयो।  

विभिन्न संस्थाका  प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा वक्ताहरुले सेफ हाउसको दिगो व्यवस्थापन, संघसस्थाको जिम्मेवारी लगायतका विषयमा सुझाव दिए।  एनआरएनए साइप्रसले सेफ हाउसका  सहयोगी दाताहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो।


साइप्रसमा पीडा झेल्दैछन् नेपाली विद्यार्थी

सेफ़हाउसमा १० ओटा बेड सहित  किचन, बाथरुम, वासिंग मेसिन, फ्रिज, भाडाकुडा लगायत आवश्यक पर्ने सम्पूर्ण घरायसी समान  राखिएको छ भने बस्नको लागि नियम र अनुशासन पालना गर्नु पर्ने हुन्छ। अहिले ३ जनाले आश्रय लिई रहेका छन्। दुख पाएका हाउसमेड तथा अन्य श्रमिकले सेफ़हाउसमा आउन चाहे निम्न नम्बर तथा व्यक्तिलाइ  सम्पर्क गर्न सकिने छ। निकोसियाको लिद्रा बाट ३/४ मिनेट को दुरीमा सेफ़हाउस अवस्थित छ।  

स्थान :- Leoforos Evagorou A. 3-7, Nicosia

सम्पर्क नम्बर :- 96598422, 97668827, 96570045, 96193868

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *