किरात

साइप्रस न्युज

चासोक तङ्नाम २०७६ मनाउने तयारी अन्तिम चरणमा

किरात याक्थुङ चुम्लुङ साइप्रसले याक्थुङ लिम्बुहरुको मौलिक पर्व चासोक तङ्नाम(उधौली)को अवसरमा आयोजना हुने साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। नेपाल मगर संघ साइप्रस र तमु समाज साइप्रसले प्रायोजन गरेको कार्यक्रमलाई स्थानीय कलाकारले पनि भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । रेश्मा लिम्बुको सह-सम्योजनमा कार्यक्रमलाई गोर्खाज किचन लिमासोल र नेपाली भेटघाट रेस्टुरेन्ट लिमासोलले सहयोग गर्दैछन् भने मिडिया पार्टनर साइप्रस-नेपाल डट कम रहेको छ। साइप्रसका विभिन्न विषयको जानकारी दिने उदेश्यले पहिलो पटक नेपाली भाषामा संचालनमा ल्याइएको अनलाइन म्यागजिन साइप्रस नेपाल डट कमले स्थानीय नेपाली गतिविधि बारे खबर प्रकाशन गर्दै आएको छ।

Read More