general essembly

साइप्रस न्युज

एनआरएनए साइप्रसको अधिवेशन सम्पन्न, अध्यक्षमा दिल कुमारी तिलिजा

गैर -आवासीय नेपाली संघ साइप्रसको आठौं अधिवेशनबाट २५ सदस्सिय नयाँ कार्यसमिती निर्विरोध चयन भएको छ ।
२०१७- १९ कार्यकालका लागि नव निर्वाचित अध्यक्ष दिल कुमारी तिलिजा पुन को कार्यसमितीमा अन्तेस राउत, जसु माया पुन र किस्मत पौडेल गरि तिन जना उपाध्यक्ष चयन भएका छन् । समितिमा महा-सचिव कृपा थापा, सचिव पुरन बहादुर पुन मगर,सह -सचिव दया सागर अर्याल, कोषाध्यक्ष दिनेश दकाल, सह-कोषाध्यक्ष अनिल भन्डारी , युवा प्रतिनिधि कुन्दन कार्की र महिला प्रतिनिधिमा सरिता कुमारी चौधरीको चयन भएको हो ।
संघको प्रवक्तामा दिनेश हरिजन गौतम मनोनीत भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कालिका थापा, धिराजन कुमार खड्का, रन्जित सापकोटा ,दयाराम थापा, उजिर अन्सारी , संजय कुमार मन्डल, राजन श्रेष्ठ , नितेश कुमार सरदार, सुरज रानाभाट, सरस्वती खनाल, सरु नेपाल, कल्पना राई र राधा पोखेरल रहेका छन् ।
निकोसिया स्थित एक होटलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि अवैतनिक राजदुत डा. राम जीवन पंजियार ले नेपाली दाजुभाई दिदी बहिनीहरुले भोग्दै आइरहेको समस्यालाई समाधान गर्न आफु एनआरएनए संग हातेमालो गरि काम गर्ने बताउदै विदेशमा कमाएको धन खर्च गर्ने भन्दा पनि बचत गर्न आग्रह गर्नु भयो । साथै नेपाली कन्सुलेटले गर्दै आइरहेको सहयोग निरन्तर हुने पनि उद्धोष गर्नु भयो । आइसिसि सदस्य रंजित महतोले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

Read More