HOUSE maid in cyprus

साइप्रस न्युज

एनआरएन साइप्रसको अधिवेशन घोषणा, सदस्यता वितरण खुल्ला

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साइप्रसले २०१९-२०२१ को लागि नयाँ सदस्यता वितरण र नविकरण खुला गरेको छ। आगामी सेप्टेम्बर १५ मा निकोसियामा आठौं महाधिवेशनमा हुदैछ । प्रवाशी नेपालीका हकहितका बिषयमा पूर्ण रुपमा सम्बोधन नभएकाले अधिकार माग्न एकजुट भै संस्थामा आवाद्द हुनु पर्ने देखिएकोले सदस्यता लिन एनआरएनए साइप्रसले अनुरोध गरेको छ । सदस्यता लिन गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषदको Global MIS (Management of Information System) मा गइ नयाँ सदस्यता आवेदन दिनुपर्ने बताइएको छ ।

Read More
Domestic Workerसाइप्रस न्युज

साइप्रस जहाँ ७० प्रतिशत भन्दा बढी नेपाली हाउसमेड छन् समस्यामा

नेपालका बिभिन्न म्यानपावरले साइप्रसबाट बिभिन्न डिमाण्डहरु ल्याएका छन् । म्यानपावरमा आउने अधिकांश डिमाण्डहरु यहाँको म्यानपावरले त्यहाँको म्यानपावरलाई दिने खालको हुन्छ ।

सिधा कम्पनीको लागि आउने डिमाण्डहरुमा त्यति धेरै समस्या नहुने भए पनि म्यानपावर टु म्यानपावरमा आउने डिमाण्डमा समस्या हुने गरको छ । त्यस्तै साइप्रस युरोपियन देश भएको हुँदा घरेलु कामदार तथा महिला कामदारहरु बढी आकर्षित हुने गरेका छन् । घरेलु कामदार (हाउसमेड) का रूपमा जाने कामदारले शुल्क बुझाउनु पर्दैन । घरेलु कामदार निर्देशिका २०७२ ले हाउसमेडका लागि निस्शुल्क लागतको व्यवस्था गरेको छ । तर महिला कामदारहरुलाई डिमाण्डमा निशुल्क हुने भने पनि ३ लाख देखि ४ लाख वा कतिपयले सो भन्दा बढी लिने गरिएको पनि भेटिएको छ ।

Read More