manpower agency housemaid

Domestic Workerसाइप्रस न्युज

साइप्रस जहाँ ७० प्रतिशत भन्दा बढी नेपाली हाउसमेड छन् समस्यामा

नेपालका बिभिन्न म्यानपावरले साइप्रसबाट बिभिन्न डिमाण्डहरु ल्याएका छन् । म्यानपावरमा आउने अधिकांश डिमाण्डहरु यहाँको म्यानपावरले त्यहाँको म्यानपावरलाई दिने खालको हुन्छ ।

सिधा कम्पनीको लागि आउने डिमाण्डहरुमा त्यति धेरै समस्या नहुने भए पनि म्यानपावर टु म्यानपावरमा आउने डिमाण्डमा समस्या हुने गरको छ । त्यस्तै साइप्रस युरोपियन देश भएको हुँदा घरेलु कामदार तथा महिला कामदारहरु बढी आकर्षित हुने गरेका छन् । घरेलु कामदार (हाउसमेड) का रूपमा जाने कामदारले शुल्क बुझाउनु पर्दैन । घरेलु कामदार निर्देशिका २०७२ ले हाउसमेडका लागि निस्शुल्क लागतको व्यवस्था गरेको छ । तर महिला कामदारहरुलाई डिमाण्डमा निशुल्क हुने भने पनि ३ लाख देखि ४ लाख वा कतिपयले सो भन्दा बढी लिने गरिएको पनि भेटिएको छ ।

Read More