पापोसमा तीज कार्य्रक्रम हुने
पापोस परिवार साइप्रसले तीज कार्य्रक्रम आयोजना गर्ने भएको छ । आगामी सेप्टेम्वर १ तारिक आइतबार कातो पापोस स्थित बिंगो हलमा
Read Moreपापोस परिवार साइप्रसले तीज कार्य्रक्रम आयोजना गर्ने भएको छ । आगामी सेप्टेम्वर १ तारिक आइतबार कातो पापोस स्थित बिंगो हलमा
Read Moreचितवन सेवा समाज साइप्रसले तेस्रो बार्षिक उत्सब संगै तीज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। गत आइतबार निकोसिया स्थित ट्रीकिस प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली वाणिज्यदूत डा. रामजीवन पंजियारले तीजको शुभकामना दिदै सेप्टेम्बर को पहिलो हप्ता देखि सेफ हाउस संचालनमा आउने जानकारी दिनु भयो ।
चितवन सेवा समाज कि अध्यक्ष कविता भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा एनआरएन साइप्रसका अध्यक्ष सुवास मल्ल, हातेमालो युवा समाज नेपालका अध्यक्ष बिनोद तिमिल्सिना, नेपाल तामांग घेदुंग साइप्रस महासचिव लक्ष्मी ब्लोन तामाग, रास्ट्रिय जनमुक्ति पार्टी, साइप्रस कि तारा राइ, प्रवाशी नेपाली एकता मंचका धता नन्द पाण्डेय, तमु समाज साइप्रस, शेर्पा केदुंग साइप्रस, नेपाल मगर संघ साइप्रस का प्रतिनिधि लगायत अन्य संघसस्था का प्रतिनिधि र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
“सेवा नै धर्म हो, चितवनको विकास र सामाजिक भावना, समाजको एकता र सम्वृद्धिको चाहना ” भन्ने मूल नाराका साथ सन् २०१६ मा स्थापित चितवन सेवा समाज साइप्रसले स्थापनाकाल देखि नै अनाथ , विपन्न, पिछडिएका,गरिव तथा जेहन्दार विधार्थीहरुलाई शिक्षा प्रदान गर्दै आइ रहेको छ। हाल ८ जना विधार्थीहरुको सम्पूर्ण शैक्षिक खर्च समाजले उपलब्ध गराईरहेको छ । कार्यक्रमबाट संकलित रकमबाट तत्काल नै नेपाल पठाइने अध्यक्ष भण्डारीले बताउनु भयो ।
संस्थाले थालनी गरेको सामाजिक कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो ।