लाखौं खर्च गरी साइप्रस पुगेका नेपाली विद्यार्थीहरु समस्यामा
साइप्रस आएका विद्यार्थीको भनाइअनुसार अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायतजस्ता मुलुकमा अध्ययनका लागि थुप्रैपटक कोसिस गर्ने तर विफल भएपछि यता आउने गरेको बुझिएको छ ।
सीधै साइप्रसलाई अध्ययनको गन्तव्य बनाएर आउने भन्दा अन्य देशमा पुग्ने लामो कसरत विफल भएपछि मात्र साइप्रसलाई रोजेको धेरैको अनुभव छ । देशमा बेरोजगार भएर बस्नुपर्दा एकपटक विदेश त पुगी हेरौँ भन्दै साइप्रस छिरेकाको पनि कमी छैन ।साइप्रसप्रति मोह जाग्नुमा नेपालका कन्सल्टेन्सीको झुटो आश्वासन पनि रहेको छ । प्रत्येक महिना ८ देखि ९ सय युरोसम्म, कमाउन सकिने भन्दै झुटो प्रचारमा परेपछि अलिअलि भए पनि कमाई गरौँ भन्दै विद्यार्थी साइप्रसतिर आकषिर्त भएको पाइन्छ ।