देश विदेश

अष्ट्रेलियाको सस्तो उडान सेवा टाइगर एयर बन्द

शेयर गर्नुहोस्

ब्रिजवेन/कोरोनाको कहर बढ्दै जादा अष्ट्रेलियाको बजेट एयरलाइन्स अथार्त सस्तो उडान सेवा टाइगर एयरलाइन्स बन्द भएको छ ।
सस्तो उडान सेवाका लागि परिचित टाइगर एयरले १३ वर्ष अघि सेवा सुरु गरेको थियो । कोरोनाका कारण आन्तरिक उडानहरु ठप्प जस्तै हुदा, टाइगरले यस्तो निर्णय लिएको हो ।

गत बिहिबार विमान कम्पनीले जारी गरेको सूचनामा लेखिएको छ -‘अहिले सबै पर्यटन र ट्राभल क्षेत्र कठोर अवस्थाबाट गुज्रिरहेको अवस्थामा हामीले पनि आफ्नो १३ वर्षदेखिको सेवा बन्द गर्नुपर्ने दुखद अवस्था आएको छ ।’
टाइगर एयरले सन् २००७ नोभेम्बर २३ तारिखदेखि मेलवर्नबाट सेवा सुरु गरेका थियो । टाइगर एयरलाइन्स भर्जिन एयरको सस्तो उडान सेवा हो । अब यो सेवा बन्द भएपछि टाइगरको क्रेटिड भर्जिन एयरमा प्रयोग गर्न सकिने जनाइएको छ ।
अष्ट्रेलियामा अब एउटा मात्रै सस्तो दरको उडान सेवा बाकी रहेको छ । क्वान्टास एयरले सन्चालनको गरेको जेटस्टार उडान सेवा अष्ट्रेलियाको अर्को सस्तो उडान सेवा हो । photo- tigerair

 


Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *