देश विदेश

अस्ट्रेलियामा फेसबुक ब्लक हुन सक्ने

शेयर गर्नुहोस्

सामाजिक संजाल फेसबुकले अस्ट्रेलियामा मिडिया संस्थान र प्रयोगकर्ताहरुलाई ब्लक गर्ने चेतावनी दिएको छ । फेसबुकले अस्ट्रेलिया सरकारले डिजिटल दिग्गजहरुमाथि कुनै प्रकारको शुल्क लागू गरेमा यो कारवाही गर्न सकिने बताएको छ । समाचार एजेन्सी एएफपीका अनुसार कम्पनीले फेसबुक र इन्स्टाग्राममा स्टोरी पोस्ट गर्न अस्ट्रेलियाका नागरिकहरुलाई प्रतिबन्ध लगाइन सक्ने बताएको छ । फेसबुकले यो आफ्नो पहिलो रोजाइ नभएको तर देशमा जे गरिएको छ त्यसको परिणाममा यो कदम उठाइएको जनाएको छ ।

यही महिनाको सुरुवातमा अस्ट्रेलिया सरकारले गुगल र फेसबुकलाई उनीहरुको समाचारबाट भएको आम्दानी अस्ट्रेलियाका मिडियासँग बाँड्न निर्देशन दिएको थियो । अस्ट्रेलिया सरकारको यो निर्देशन पूरै विश्वमै यस किसिमको पहिलो निर्देशन हो । अन्य सामाजिक संजाललाई भने अहिले यस्तो निर्देशन दिइएको छैन । यद्यपि अन्य सामाजिक संजाललाई पनि भविष्यमा यो नियम लागू गर्ने तयारी भइरहेको छ ।

Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *