देश विदेश

तास्मेनियामा फसेका मध्ये ५० ह्वेलको जिवित उद्धार, ३ सय ८० मृत भेटिए

शेयर गर्नुहोस्

होबार्टर । अस्ट्रेलियाको तास्मेनियाको तटमा फसेका मध्ये कम्तीमा ३८० ह्वेल मरेको अवस्थामा भेटिएका छन् भने ५० वटालाई बचाइएको छ । अस्ट्रेलियाको इतिहासमै सबैभन्दा धेरै ह्वेल समूद्रको किनारमा फसेको घटनामा अहिलेसम्म ३८० वटा मरेको स्थानीय अधिकारीले पुष्टि गरेका हुन् ।

गएको सोमबार तास्मेनियाको पश्चिमी तटीय क्षेत्रमा सयौँ ह्वेल फसेको पाइएसँगै फसेका ह्वेललाई समुद्रमा फर्काउनका लागि ६० जना भन्दा बढी उद्धारकर्मीले प्रयास गरेका थिए । किनारको बालुवामा फसेका ह्वेल पानीमा फर्किन नसक्दा धेरै मरेको अवस्थामा पाइएको छ भने अहिलेसम्म उद्धारकर्मीले ५० वटा ह्वेललाई बचाउन सफल भएका छन् । तटीय क्षेत्रमा अझै करिब ३० वटा ह्वेल फसेको र उनीहरुलाई उद्धार गर्ने प्रयासमा भइरहेको अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् ।

उद्धारकर्मीले कठिन प्रयास गरी केही ह्वेललाई पुनः समुद्रमा फर्काएका छन् । गएको सोमबार समद्री छालसँगै किनारमा पुगेर त्यहिँ फसेका झण्डै २७० ह्वेल देखिएका थिए । हेलिकप्टर मार्फत गरिएको निरीक्षणका क्रममा नजिकै अर्को स्थानमा अरु २०० ह्वेल फसेको अवस्था देखिएका थिए । दुवै स्थानका ह्वेल एकै समूहका रहेको अनुमान गरिएको छ । यो घटनालाई भने समुन्द्री जीवबारे अध्ययन अनुसन्धान गर्ने वैज्ञानिकहरुले पनि विरलै हुने घटनाको रुपमा हेरिरहेका छन् ।

अस्ट्रेलियामा पाइने मध्ये ८० प्रतिशत भन्दा बढी ह्वेलहरु तास्मेनियामा
होयलहरु यत्ति ठुलो संख्यामा किन र कसरी समुन्द्र किनारमा आए भन्ने यकिन कारण खुलिसकेको छैन । यद्यपी अष्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न प्रजातिका ह्वेल माछाहरुले विभिन्न ऋतुमा सयौ संख्यामा बसाइसराई गर्ने गरेका छन् । यस्तो यात्रामा सामाजिक मानिने पाइलट ह्वेलले आफ्नो नेता पछ्याउने गर्छन । नेताले कहिलेकाहि गलत बाटो समाउदा गन्तव्यको साटो किनारमा आइपुग्ने गरेको वैज्ञानिकहरुको दाबी छ । अस्टे«लियामा पाइने मध्ये ८० प्रतिशत बढी ह्वेल तास्मेनियामै पाइने गरेको सरकारी आँकलन छ । यसअघि सन् १९३५ मा २९४ तथा सन् २००९ मा झण्डै २०० ह्वेल तास्मेनियाको समुद्री किनारमा फसेका थिए ।

केही होयल आफै पौडिएर पानीभित्र फर्किएका छन् । अन्य जिवित होयललाई समुन्द्रमा फर्काउन अझै केही दिन लाग्ने बताइएको छ । तास्मेनिया सरकारले ह्वेलहरु जीवित रहेसम्म नै उद्धारको प्रयास जारी रहने जनाएको छ । photo- ABC

 

 


पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *