देश विदेश

मिर्गौलाका बिरामीको निःशुल्क कोरोना बीमा

शेयर गर्नुहोस्

रुपन्देही। बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौलाको नियमित डायलायसिस गराइरहेका बिरामीको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको र मिर्गौलाका बिरामी सङ्क्रमणको उच्च जोखिममा रहेकाले निःशुल्क बीमा गरिदिने निर्णय गरिएको हो ।

अस्पतालका अध्यक्ष एजाज आलमले बीमा कम्पनीसँग सम्झौता गरी निःशुल्क रुपमा रु एक लाखको कोभिड–१९ बीमा गर्ने निर्णय गरिएको बताए। सरकारले मिर्गौलाका बिरामीको डायलायसिस निःशुल्क गरे पनि अन्य औषधि तथा बेलाबेलामा गर्नुपर्ने प्रयोगशाला परीक्षणलाई निःशुल्क गरेको छैन ।

अस्पतालले भने डायलायसिसबाहेक बेलाबेलामा गर्नुपर्ने रुटिन र भाइरल टेष्टसमेत सबै बिरामीको निःशुल्क गर्दै आएको छ । त्यस्तै अतिविपन्न, परिवारबाट अपहेलित तथा परिवारमा रेखदेख गर्ने कोही नभएका मिर्गौलाका बिरामीको औषधि वितरण तथा अन्य उपचार पनि अस्पतालले निःशुल्क गर्दै आएको छ ।

त्यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण सार्वजनिक सवारी साधन चल्न नसक्दा डायलायसिसका लागि अस्पताल आउने बिरामीलाई नियमित अस्पताल ल्याउने र छाड्ने व्यवस्थासमेत गर्दै आएको छ । अस्पतालले डायलायसिसका बिरामीलाई लैजान र छाड्नका लागि कपिलवस्तुको वाणगंंगा नगरपालिकाको बनगाई र नवलपरासीको बर्दघाटसम्म नियमित रुपमा बस पठाउने गरेको छ । अस्पतालमा हाल ४२६ जनाले मिर्गौलाको नियमित डायलायसिस गराउँदै आएका छन् ।

कोरोेना सङ्क्रमणबाट मृत्यु

कोरोना सङ्क्रमणबाटकपिलवस्तुमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका –६ का २९ वर्षीय पुरुष हुन् ।

मिर्गौला र उच्च रक्तचापबाट बिरामी परेपछि उपचारका लागि काठमाडौँ शिक्षण अस्पताल लगिएकामा यही भदौ २२ गते उनमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनको उपचारका क्रममा बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेकोे सङ्ख्या ६ पुगेको छ ।
जिल्लामा आज थप ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार २२४ पुगेको छ । रासस


श्रोत

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *