७ अक्टोबर २०२०/ लिमासोल
कोरोना संक्रमणबाट आज थप एकको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ६२ वर्षीय पुरुष केहि दिन देखि निकोसिया जेनेरल हस्पिटल को आइसीयु मा भर्ना भै उपचाररत थिए। हिजो मंगलबार पनि एक बृद्धको मृत्यु भएको थियो।कोरोना बाट आज सम्म चौबिस जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घन्टामा गरिएको २०९५ टेस्ट बाट २१ जनामा कोरोना पुस्टि भएको छ। जसमध्य १ जना फुटबल क्लबका मेम्बर रहेका छन्। कन्ट्याक्ट ट्रेसिङ्ग बाट ९ जना , सरकारी ल्याबबाट १ जना , व्याक्तिगत रुपमा टेस्ट गराएका मध्य ९ जना र सिफारिस गरिएका टेस्ट बाट १ जनामा कोरोना पोजिटिभ देखिएको हो। आजको नयाँ विवरण संगै कोरोना संक्रमित को जम्मा संख्या १८९७ पुगेको छ।
Facebook Comments Box