देश विदेश

विजय चमारलाई गरुणा प्रहरीले चरम यातना दिई हत्या गरेको राष्टिय सभाका संसाद चमारको आरोप

शेयर गर्नुहोस्

राम एकबाल महरा
रौतहट जिल्लाको गरुणा नगरपालिकामा निरन्जन चमारको हत्याराहरुलाई बचाउ गर्नका लागि निर्दोष युवा विजय चमारलाई ईलाका प्रहरी कार्यलय गरुणाका डिएसपि ज्ञान कुमार महतोको टोलीले चरम यातना दिई हत्या गरेको राष्टिय सभाका सांसद राम लखन चमारले आरोप लगाउनु भएको छ ।

सांसद चमारले आज सोमवार चमार कल्याण समाज नेपालका केन्द्रिय संयोजक दिनेश चमारसगंको कुराकानीको क्रममा गरुणा प्रहरीले गरिब दलित निरन्जन चमारको हत्यामा संलग्न सर्च नर्सरीका मालिक लगाएत आरोपितहरुलाई खुल्लेयाम छोडेर मृतक चमारकै भाई विजय चमार लगाएत केही दलित युवाहरुलाई हिरासतमा लिई अनुसान्धान गर्नु गैरकानुनी काम भएको बताए ।

उहाले मृतक निरन्जन चमारको परिवारले दिएको किटानीका अधारमा दोषीहरुलाई उम्काउनका लागि विजय चमारलाई मुख्य आरोपि बनाउनका लागि हत्या गरेको भन्दै राज्यले गरुणा प्रहरी प्रमुख महतोलाई निलम्बन गरि साधारण ब्यक्ति जस्तो अनुसान्धान गरि जेल चलान गर्नु पर्ने माग गर्नु भयो ।

प्रहरी हिरासतमा हत्या गरिएका विजय चमार

यसका साथै प्रदेश २ सरकारले मृतक विजय चमारको हत्यामा संलग्न प्रहरी अधिकारीहरुलाई बचाउनका लागि उहाको परिवारलाई पाच लाख दिनु भनेको घोर मानवअधिकार उलंघन गरेको आरोप लगाउदै देश भरिका चमार , दलित समुदायहरु रौतहट हत्या काण्डमा संलग्न भएकाहरुलाई राज्यले पक्रोउ नगरुन्जेल सम्म आन्दोलन जारी राख्न सांसद चमारले अनुरोध गर्नु भएको छ ।

सांसद चमारले एक फरक प्रशंगमा प्रदेश २मा रहेका दलितहरुलाई हत्या गराउन प्रदेश सरकार र केन्द्र सरकारका निकायहरु नै लागिपरेको भन्दै अब यस्तो अत्याचार ७० लाख दलितहरुलाई सह्य नहुने भन्दै आक्रोस पोखेका थिए ।

लकडाउनले गर्दा सांसद भवन आफु जान नपाएकोले दलितहरुको मुद्दा ओझेलमा पर्दै गरेको चिन्ता ब्यक्त गर्दै अगामी दलित अन्दोलन जनआन्दोलन भन्दा भ्यानाक हुने सांसद चमार।ले बताए । नेपालमा भैरहेको दलित समुदाय प्रतिको अत्याचारको विरुद्धमा देश भरिका चमार समुदाय , दलित समुदायका अगुवाहरुलाई विशेष धन्यबाद दिदै आफु सदैव न्याय दिलाउने पक्षमा उभिन तयार रहेको सांसद चमारले प्रतिबद्धता जनानु भएको छ ।

शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *