देश विदेश

आत्महत्यापछि डा. सुजितको परिवार नयाँ दिल्लीमा

शेयर गर्नुहोस्

मोरङ- भारतको हरियाणास्थित मेदान्त अस्पतालका डा. सुजितकुमार साहको आत्महत्यापछि विराटनगरबाट परिवारका सदस्य भारतको नयाँ दिल्ली पुगेका छन्।

डा. साहले दिल्लीको गुडगाउँस्थित अपार्टमेन्टको आठौँ तल्लाबाट मंगलबार बिहान हाम फालेर आत्महत्या गरेका थिए।

सो घटनाबारे जानकारी पाएसँगै विराटनगर १३ आश्रम टोलस्थित घरबाट मंगलबार बेलुका नै बुबा नरेन्द्रप्रसाद साह, मृतकका भाइ सन्दिप र काका अजय साह दिल्ली गएको छिमेकी देवनारायण यादवले जानकारी दिए।

यादवका अनुसार बुधबार बिहान पटना पुगेका उनीहरु त्यहाँबाट हवाईजहाजबाट दिउँसो करिब ३ बजे दिल्ली पुगेका हुन्।

परिवार स्रोतका अनुसार मेदान्त अस्पतालमा कार्यरत डा. सुजितको पारिवारीक समस्या रहेको थियो।

पञ्जावी मूलको केटी लक्ष्मीसँग विवाह गरेका डा.साह परिवारमा पछिल्लोकेही समयदेखि समस्या सुरु भएको थियो। यादवका अनुसार आज (भदौ १७ गते) दुवैबीच डिभोर्सको विषयमा स्थानीय अदालतमा सुनुवाइ हुने क्रममा रहेको थियो। तर त्यसअघि नै सुजितले आत्महत्या गरेको खबर विराटनगरस्थित परिवारमा आइपुगेको थियो।

परिवार स्रोतका अनुसार १६ गते बिहान करिब ३ बजे सुजितको पत्नी लक्ष्मीले वीरगञ्जस्थित देवर सन्दिपलाई फोन गरेर घटना हुन लागेको जानकारी दिएकी थिइन्। त्यसलगत्तै सन्दिपले विराटनगर घरमा बुबा नरेन्द्रलाई जानकारी गराएका थिए।

नरेन्द्रले दिल्लीस्थित लक्ष्मीलाई मंगलबार फोन गरेको बताएका यादवले सो समय लक्ष्मीले सबैकुरा देवर सन्दिपलाई बताएको जानकारी गराएको उल्लेख गरे। त्यसपछि दिल्लीस्थित सन्दिपको परिवारसँग सम्पर्क हुन नसकेको उनको भनाइ छ। अर्कोतर्फ परिवारनिकटका अनुसार सन्दिपको मृत्यु रहस्यमय बनेको छ।

पछिल्लो दुई वर्षदेखि सन्दिप गुडगाँवको सेक्टर ४७ को ८०१ नम्बरको फ्ल्याटमा एक्लै बस्दै आएका थिए। उनको श्रीमती समेत चिकित्सक हुन्। पछिल्लोसमय ६ बर्षीया छोरीसँगै उनी पश्चिमबंगालमा बस्दै आएकी थिइन्।

भारतीय सञ्चारमाध्यमका अनुसार श्रीमतिले आफूहरु अलग अलग बस्दै आएको हुदाँ घटनाबारे जानकारी नभएको प्रहरीसमक्ष उल्लेख गरेकी छिन्।

 

श्रम बनाउन नो अब्जेक्सन लेटर चाहिने

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *