घरभित्र पसेको निहुँमा दलित बालिकामाथि निर्घात कुटपिट

शेयर गर्नुहोस्

मोरङ उर्लाबारीकी एक दलित बालिकालाई निर्घात कुटपिट गरिएको गरिएको छ। बालिकालाई घर भित्र पसेको भन्दै एकै परिवारका सदस्य मिलेर कुटपिट गरेका हुन्।  घटनामा संलग्न आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। १२ वर्षीय बालिका फूलसरी मग्राती (दर्जी) लाई उर्लाबारी नगरपालिका–४ थापाडाँगीका छिमेकी श्रेष्ठ परिवारले मिलेर कुटपिट गरेका हुन्। ६० वर्षीय नन्दलाल श्रेष्ठ, आमा ४७ वर्षीय निर्मला श्रेष्ठ र २३ वर्षीय अमिर श्रेष्ठ मिलेर कुटपिट गरी घाइते बनाएको उजुरी दर्ता भएको छ।  

इलाका प्रहरी कार्यालय उर्लाबारीमा दोषीलाई जातीय छुवाछुत ऐनअन्तर्गत कारबाहीका मागसहित उजुरी दर्ता गरेको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। नन्दलाल श्रेष्ठको घरमा सोमबार श्राद्ध रहेकोले घरमा भित्र पसेको भन्दै परिवारले नै कुटपिट गरेको बताइएको छ। कुटपिटमा संलग्न बुवा र आमा फरार भए पनि छोरा अमिर श्रेष्ठलाई पक्राउ गरेको र फरार व्यक्तिको खोजी कार्य भइरहेको एसपी खड्काले बताए।  

‘परिवारका सबै मिलेर बालिकालाई निर्घात कुटपिट भएको छ,’ एसपी खड्काले भने, ‘सुरुमा निर्मलाले थप्पड हानेको र त्यसपछि परिवारै लागेर कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ ‘६ वर्षीया नातिनी लडेर चोट लागेपछि घाउ सेक्नलाई प्रिजमा आइस जमेको पानी लिन फूलसरी श्रेष्ठको घर गएकी थिइन्,’ बालिकाकी भाउँजू दुर्गाकुमारीले भनिन्, ‘सोह्र श्राद्धका बेला घरमा पसेको आरोप लगाउँदै श्रेष्ठ परिवारले कुटपिट गरेको थाहा पाएर छुट्याउन जाँदा आफूलाई लछारपछार गरे ।’  

‘६ वर्षीयालाई नातिनी घरभित्र पसेको निहुँमा श्रेष्ठ परिवारले २ महिनाअघि कुटपिट गरेका थिए,’ दुर्गाकुमारीले भनिन्, ‘छिमेकीमा बस्दा साना कुरामा समझदारी गर्नुपर्छ भनेर बसेँ। पुनः घटना दोहोरिएपछि प्रहरी कहाँ आएँ ।’कुटपिटबाट घाइते भएकी बालिकाको उपचार र स्वास्थ्य परीक्षण उर्लाबारीकै मंगलबारे अस्पतालमा भएको छ।  

Facebook Comments Box
शेयर गर्नुहोस्

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *