देश विदेश

खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढ्याे

शेयर गर्नुहोस्

नेपाल आयल निगमले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ।  

याेसँगै काठमाडौंमा पेट्रोलको मूल्य ११२ र डिजेल/मटितेलको  मूल्य ९५ रुपैयाँ पुगेको छ। यस्तै, एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ। निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो। 

हवाई इन्धनको मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएकाे छ।

प्रकाशित: २८ माघ २०७७ २१:४५ बुधबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *