देश विदेश

प्रचण्ड-नेपाल समूहको आमसभामा काठमाडौं बाहिरबाट ओसारियो ४० हजार मान्छे !

शेयर गर्नुहोस्

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपा (प्रचण्ड– नेपाल) समूहले बुधबार आयोजना गरेको प्रदर्शन र आमसभाका लागि काठमाडौं उपत्यकाबाहिरबाट ४० हजार मान्छे ल्याएको छ। आमसभाका लागि मंगलबार र बुधबार गरी करिब ४० हजारको हाराहारीमा मान्छे उपत्यका भित्रीएको नेपाल प्रहरी उच्च स्रोतले जनाएको छ।

प्रचण्ड–नेपाल समूहले बुधबार विशाल जनप्रदर्शन गर्न दुई लाख मानिस काठमाडौं उतार्ने दाबी गरेपनि प्रहरी प्रधान कार्यालयका अनुसार भेलामा करिव ५० हजारको हाराहारीमा मानिसको उपस्थिति रहेको जनाएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको बताए। आमसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ? देख्नुभयो विरोध कस्तो हुन्छ ?’

ट्राफिक व्यवस्था तुलनात्मक रुपमा सहज

प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्था बुधबार बिहान अस्तव्यस्त बनेको थियो। माघ ९ गते प्रचण्ड–नेपाल समूहले गरेको आमसभा र २२ गतेको आम हड्तालका क्रममा उपत्यकाको ट्राफिक व्यवस्था निकै प्रभावित भएपनि बुधबार भएको प्रचण्ड नेपाल समूहको शक्ति प्रदर्शनका कारण ट्राफिक र जनजीवन कम प्रभावित भएको छ।

प्रदर्शनमा राजधानीका विभिन्न पाँच स्थानबाट जुलुस निकालिएको थियो, जसका कारण राजधानीको ट्राफिक व्यवस्था केही समयमात्र अस्तव्यस्त बनेको थियो। महानगरीय ट्राफिक प्रहरीका अनुसार ठूला सवारी साधानलाई चक्रपथमा नै रोकिएको र साना सवारी साधनलाई पनि रत्नपार्कबाहेक अन्यत्र डाइभर्ट गरिएको जनाएको छ।

काठमाडौंमा हुने अरु कार्यक्रम जस्तै यो कार्यक्रम पनि ठूलो भएपनि ठूला गाडीहरुलाई रिङरोड भित्र प्रवेश गर्न नदिएको भित्र पनि ट्राफिक प्रहरीको मिहिनेतले गर्दा यस्तो भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

‘साना गाडीहरु पनि रत्नपार्क सेरोफेरोमा कम मात्रामा आउने वातावरण बनायौं। ठूला गाडीहरुलाई त रिङरोडबाट छिर्न दिएनौं। अरु त ट्राफिक प्रहरीकै मिहिनेत हो।’उनले भने ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *