देश विदेश

रामकुमारीलाई तत्काल रिहा गर्न प्रचण्ड–नेपाल समूहको माग

शेयर गर्नुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । राष्ट्रपति  र प्रधानमन्त्री विरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै प्रहरीले  बिहीबार दिउँसो झाँक्रीलाई निवासबाटै पक्राउ गरेको हो।  

राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केहि नहुने  प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले टिप्पणी गरेका छन् ।  

प्रवक्ता श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’

प्रकाशित: २९ माघ २०७७ १४:५६ बिहीबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *