देश विदेश

आर्मीविरुद्ध सशस्त्रको संघर्षपूर्ण जित

शेयर गर्नुहोस्

शसस्त्र प्रहरी बलसँग निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित हुदैं नेपाल आर्मी क्लब टाईगर कप क्लब च्याम्पियनसिप भलिबलको महिला तर्फ उपाधि होडबाट बाहिरिएको छ । बिहीबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा आर्मीले उपाधि यात्रालाई कायमै राख्न शसस्त्र प्रहरीलाई सोझो सेटमा पराजित गर्नुपर्ने थियो । तर आर्मी शसस्त्रसँग प्रतिस्पर्धात्मक सेटमा पराजित हुदैं उपाधि होडबाट बाहिरिदैं क्लब च्याम्पियनसिपबाट बिदाई लिएको छ ।  

टाईगर ग्रुप पोखराको आयोजनामा सञ्चालित प्रतियोगितामा पहिलो सेट आर्मीले आफनो पक्षमा पार्दै शसस्त्र प्रहरीमाथि दबाव सृजना गर्यो । पहिलो सेट आर्मीले २५–१८ अबस्थामा लिएको थियो । तर दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो । २७–२५ को अवस्थामा आर्मीलाई पछि पार्दै शसस्त्र प्रहरीले दोस्रो सेट आफनो नाममा लेखायो । सेट १–१ को बराबरीमा ल्यायो । तेस्रो सेट पनि शसस्त्र प्रहरीले सहज जित्ने क्रममा नजिता २५–१७ मा  टुंगिएको थियो । चौथो सेटमा आईपुग्दा आर्मी फेरी खेलमा फर्कियो । चौथो सेट आर्मीले २५–२० मा लिदैं खेल रोमाञ्चक अवस्थामा पु¥यायो । निर्णायक पाँचौ सेट भने शसस्त्र प्रहरीले १५–७ ले लिदैं संघर्ष जित आत्मसात गर्यो ।

महिला तर्फकै दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गर्दै न्यु डायमण्ड एकेडेमीले उपाधिको बलियो दावेदारी देखायो । निकै प्रतिस्पर्धात्मक खेलमा डायमण्डले पहिलो सेट आफनो पक्षमा २७–२५ को सेटले पार्यो । तर दोस्रो सेट भने पुलिससँग प्रतिस्पर्धात्मक रुपमा गुमायो । २९–३१ को सेटमा पुलिसलाई सुम्पिएको डायमण्डले तेस्रो र चौथो सेट लगातार लिदैं नेपाली भलिबलमा आफनो छविलाई उचाईमा पुर्यायो । तेस्रो सेट २७–२५ र चौथो सेट भने २५–१६ मा न्यु डायमण्डले जित्दै उपाधि यात्रा बलियो बनायो ।  

पुरुष तर्फको प्रतिस्पर्धामा भने विभागीय डर्बीको प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरी बलमाथि ३–० को सोझो सेटको जित निकाल्दै उपाधि होडलाई रोमाञ्चक बनाएको छ । गण्डकी प्रदेशसँग ३–१ सेटले पराजित भएको आर्मीले सशस्त्र प्रहरी बलमाथि सोझो सेटले पराजित गर्दै ३ अंक जोड्यो । शसस्त्र प्रहरीमाथि हावी भएको आर्मीले पहिलो सेट भने प्रतिस्पर्धात्मक रुपमा लियो । २५–२३ को स्थितिमा लिदैं अग्रता बनाएको आर्मीले दोस्रो सेट भने २५–२१ मा लिदैं जितको संघारमा पुग्यो । तेस्रो सेट भने २५–१८ मै लिएर आर्मीले शसस्त्र प्रहरी बलको चुनौतिलाई सहज पन्छाई छाड्यो । 

प्रकाशित: २९ माघ २०७७ १७:३५ बिहीबार


श्रोत: नागरिक

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *