देश विदेश

महिला राष्ट्रिय हक्की : प्रदेश २ आर्मीसँग पराजित

शेयर गर्नुहोस्

काठमाडौं । तेस्रो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामा प्रदेश २ नेपाल आर्मीसँग ७–० गोल अन्तरले पराजित भएको छ । कन्चनपुरको महेन्द्रनगरमा आयोजना भईरहेको खेलमा प्रदेश २ आर्मीसँग पराजित भएको हो ।

बिहीवार भएको खेलमा आर्मीको जितमा कमला चन्दले खेलको १८, ५४ र ५५ औं मिनेटमा ३ गोल गरिन । अन्जना चन्द ठकुरीले पनि खेलको २४, २८ र ४८ औं मिनेटमा तिन गोल गर्दा निलिम पाण्डेले १ गोल गरिन । खेलको उत्कृष्ट खेलाडी कमला चन्द भईन । बिहीवारनै भएको अर्को खेलमा सुदुर पश्चिम प्रदेशले प्रदेश एकलाई ५–० गोल अन्तरले पराजित गरेको छ । सुदुर पश्चिम प्रदेशका लागि जानकी भट्टले २ गोल गर्दा ममता भट्ट, बिमला भट्ट र बिन्दु रावलले समान एक–एक गोल गरिन । प्रतियोगिता अन्तर्गत शुक्रवार (आज) पहिलो खेल गण्डकी प्रदेश बिरुद्व प्रदेश २ र दोस्रो खेल नेपाल आर्मी बिरुद्व प्रदेश एक बीच हुनेछ ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

शेयर गर्नुहोस्

Samim Desk

समिम मियाँ, लामो समय देखि साइप्रसका विभिन्न गतिविधि बारे अपडेट गर्दै आइरहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *